गौमूलमा पहिराे जाँदा एकको मृत्यु
नेपालबहस संवाददाता
साउन २५, २०७७ आइतबार १८:१७:१०
२५ साउन, बाजुरा । गौमूल गाउँपालिका –५ ग्वानीमा पहिराेमा परी एक जनाको मृत्यु भएको छ । घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा गौमूल–४ का भीके कामीका छोरा १० वर्षीय अनिश रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टङ्क भट्टराईले जानकारी दिए । शनिबार राति ग्वानी लेकमा सुतिरहेका बेला माथिबाट पहिरो आउँदा भीके भाग्न सफल भएको र छोरा भाग्न नसकेका कारण च्यापिएर मृत्यु भएको स्थानीयवासी गणेश रोकायाले बताए ।
पहिराेमा परी चार बाख्रा मरेको र अन्य पशुचौपाया घाइते भएका छन् । अहिले थप उद्धारका लागि गौमूल गाउँपालिका घटमुनास्थित प्रहरीचौकीबाट घटनास्थलमा टोली गइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण विभिन्न स्थानीय तहका सयौँ बस्ती पहिराको उच्च जोखिममा तथा सडक, बिजुली, टेलिफोनलगायत सेवा अवरुद्ध छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
डढेलोले खोटाङमा तेह्र घर खरानी
बैशाख १३, २०८१ बिहिबार
८० वर्षको उमेरमा नागरिकता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार