जनता र कार्यकर्ता झुक्याउने नेकपा रणनीति
नेपालबहस संवाददाता
साउन २५, २०७७ सोमबार ०:२२:५९
♦ यज्ञप्रसाद भट्टराई
२५ साउन, काठमाडौं । देश र जनताको काममा माखो पनि मार्न नसकेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र लाज पचाउने हतियारका रुपमा आन्तरिक शक्ति संघर्ष छचल्किएको देखिदैछ । यसलाई प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पार्टी भित्रको आन्तरिक विवाद नभइ जनतालाई भुलाउने सुनियोजित रणनीतिका रुपमा आम नेपालीहरुले बुझ्न थालेका छन् ।
आम नेपालीले गरेको शंकामा थुप्रै विश्वास गर्ने आधारहरु पनि देखिदैछन् । वर्तमान राजनीतिक परिवर्तनलाई भरपुर उपयोग गर्दै कम्यूनिष्ट शासनसत्ता स्थापनाको सपना बोकेर पार्टी एकिकरण गरेका दुबै कम्युनिष्ट पार्टीहरुले नेपाली जनताको अपार समर्थन र विश्वासलाई तिलाञ्जली दिएर भ्रष्ट र अपराधिकरणमा संलग्न ब्यक्तिहरुलाई काखी च्याप्ने प्रवृत्तिले दिनानुदिन नाङ्गिदैं समेत गैरहेका छन् ।
वर्तमान प्रधानमन्त्री ओलीलाई ५ बर्ष प्रधानमन्त्री चलाउने दिने प्रचण्ड र प्रचण्डलाई माहाधिवेशनसम्म कार्यकारी अध्यक्ष दिने ओली बीचको भद्र सहमतिमा नेकपाकै केही नेताहरुबाट दरार पैदा गर्ने काम भएपछि दुबै नेता बीच अहिले दिनैपिच्छे जसो दोहोरी चलिरहेको देखिन्छ । नेकपा भित्रको दुबै शीर्षस्थ नेता बीचको यो दोहोरी के साच्चिकै असहमतिको उजागर हो या जनता तथा नेकपाका कार्यकर्ता झुक्याउने रणनिति हो ? यो चाहिँ अझैसम्म बुझन सकिएको छैन ।
कुनै समय भ्रष्टाचारीहरुको मुखै नहेर्ने भनेर चौतर्फी वाहवाह कमाएका प्रधानमन्त्री ओली अहिले आएर तिनै भ्रष्टाचारीहरुको बैशाखी नटेकी उठनै नसक्ने गरि थलिएका छन् । जनताले नामै सुन्न नरुचाउने नेता तथा भ्रष्ट कार्यकर्ताहरुको चक्रब्युहमा नराम्ररी फसेका ओलीलाई हिजो किन यस्तो कुरा बोलें भन्ने पछुतो अहिले आएर अनुभव हुनुपर्ने आम नागरिकको गुनासो छ । तर प्रधानमन्त्री ओली निरन्तरको अस्पताल यात्रा र नागरिकका आवाजमा बेखबर मन्त्रीमण्डलका सदस्यहरुका कारण जनतामा भने वर्तमान सरकारप्रति ब्यापक प्रतिशोधको ज्वाला दन्दिरहेको देखिन्छ । यहि जनआक्रोसलाई उपयोग गर्नका लागि प्रचण्ड समूह ओली र ओली सरकार बिरुद्ध सुनियोजित रुपले लागि परेको त हैन ? भन्ने पनि एकथरि विश्लेषकहरुको भनाई छ ।
बजारमा देखिएका निरन्तरका जनआक्रोशहरुको फेहरिस्त हेर्दा लाग्छ, जनताको आक्रोश कतै भयंकर आन्दोलनमा परिणत हुने त हैन ? भनेर आशंका गर्ने पनि आधारहरु तैयार हुँदैछन् । हजारौ नेपाली नागरिकको बलिदानीबाट ल्याईएको गणतन्त्रमा केही सीमित नेतृत्ववर्गको राज्यसत्ता माथिको निरन्तरको दोहन र जनताप्रतिको गैर जिम्मेवारीपनका कारण पनि वर्तमान नेतृत्व पंतिका बिरुद्धमा जनदवाव पनि बढिरहेको देखिन्छ । मदन-आश्रितका हत्यारा पत्ता लगाउन नसक्ने वा पत्ता लगाउन पहल नै नगर्ने, महाकाली नदी बेचेर नक्कली क्रिष्स्चियनको होली वाईन खाने, राजदरबार हत्याकाण्डको छानविन नगर्ने, अबोध बालिकालाई बलात्कार गरेर मार्ने तर बलात्कारी र हत्यारा लुकाउने, क्विन्टलका क्विन्टल सुन तस्करीसँग मित लगाउने, ७० करोडको भ्रष्टाचारको बात लागेका ब्यक्तिलाई देशका प्रधानमन्त्रीको घरको चाबी जिम्मा लगाउने, जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य सामाग्री खरिदमा स्वयं मन्त्रीहरु नै गन्हाउने तर कार्वाहीको कुनै भागिदार हुनुनपर्ने परिपाटीले सरकारको साख गिरिरहेको बेला नेकपाभित्रको आन्तरिक कलह जनताको ध्यान अन्यत्र मोडनका लागि रचिएको प्रपञ्च त हैन ?? जनताले आशंका पनि गर्न थालेका छन् ।
नेकपाका दुबै पक्षको रिमोर्ट कन्ट्रोल अन्यत्रै भएकोले रिमोर्ट चलाउनेको तजवीजमा नेकपाको राजनीतिक भविष्य निक्र्यौल गर्नेछ । उत्तरी ध्रुव र दक्षिणी ध्रुवको टकरावमा परिरहेको नेकपाको वर्तमान राजनीतिक नेतृत्वले आफ्नै आन्तरिक बलबुताबाट अब समस्याको समाधान निकाल्न सक्ने देखिदैन । चिनियाँ राजदुताबासको निरन्तरको प्रयास समेत बिफल भएपछि अब नेकपाको नेतृत्व वार कि पारको अवस्थामा पुगेको छ । अर्काथरी बिश्लेषकहरुको कथन छ–नेकपा जुटेको भए पो फुट्छ कि भनेर चिन्ता गर्नु, ब्यक्तिगत स्वार्थसिद्ध गर्न टाँसिएकाहरुलाई छुट्टिनु वा चोईटिनुमा कुनै तात्विक अर्थ नै रहदैन ।
नेपाली आमाका छातीमा हुने गरेका यसप्रकारका पटक पटकका बलात्कारले सिंगो नेपाल आमाको शरीर छियाँछियाँ बनेको छ । वास्तवमा जन्मदिने आमा भन्दापनि ठूलो सम्मान दिईने नेपाल आमाको अस्तित्व अहिले बजारमा लिलाम गर्न राखिएको कवाडिको सामान झै भएको छ । भाषणमा रामभक्ति देखाउनेहरु नै रामको त्याग र समर्पणबारे बेखबर छन् । युद्धै युद्धबाट निस्किएका अपराधीहरुलाई नै अहिले सबैभन्दा बढी बुद्ध चाहिएको छ । वर्तमान राजनीतिक नेतृत्वमा नत ईमान्दारिताको क्लेश बाँकी देखिन्छ नत प्राकृतिक जीवनशैलीका बारेमा ज्ञान । नत सैद्धान्तिक बहस गर्नसक्ने क्षमता नत मनै भित्रबाट निस्किएको राष्ट्रप्रेम । भावनामा बहकिएर जनताको मन जित्न बोलिएका केही आलाकाँचा ठेट्ना शब्द सापटीबाट अब जनताले वर्तमान नेतृत्वप्रति पहिलाको जस्तो विश्वास गर्ने आधारहरु पनि क्षीर्ण हुँदै गैरहेका छन् ।
गणतन्त्रको यात्रामा नेपाली राजनीतिक नेतृत्वबाट जानेर या नजानेर धेरै नै कमीकमजोरीहरु गरेका विवरणहरु जनतासामु ऐनाजस्ते छर्लङ्ग छन् । कहिले प्रचण्डका बिशेष दूत महराको चिनियाँ ब्यापारीसँगको ५० करोडको सांसद खर्चको अडियो टेप प्रकरण, कहिले कंगाल सांसद सुजाता कोईरालालाई उपचार गराउन राज्यकोषबाट ५० लाख रुपैयाँ अनुदान, कहिले ओलीका प्रियपात्र बाँस्कोटाको ७० करोड मात्र हैन ४ अर्बसम्मको फाईलको अडियो प्रकरण, कहिले राज्यको ढुकुटी सत्यानाश पार्दै होलीवाईन ख्वाउने प्रकरण, कहिले ३३ किलो कि क्विन्टल सूनकाण्ड, कहिले यति र कहिले ओम्नी काण्ड, पानीट्यांकीमा पैसा फेला परेको काण्ड, लगायतका काण्डहरुमा फँस्दा पनि तातो नलागेको सरकार र सरकारको बिरोध गरे आफु पनि फसिन्छ कि भनेर आफैं दुई पाईलापछि हटने प्रतिपक्ष भएकै कारण देशको आर्थिक अवस्था उकालो लाग्न नसकेको कुरा आम नेपाली जनताले बुझिसकेका छन् ।
ठूला दलहरु फुटेको तितो अनुभव सम्हाली सकेका राजनीतिका भुक्तभोगीहरु भन्छन्, अहिले पनि ठूला दलहरु फुटेको हेरेर मजा लिने खोज्नेहरुको जमात पनि यहि छ । यति हुँदाहुँदै पनि नेपालका ठूला राजनीतिक दलका नेताहरुमा देखिएको हठ भने गलत छ । जनतालाई सधैं भेडा मात्र ठान्ने सामन्ति सोच चाँहि अब नेताहरुले पनि परिवर्तन गर्न जरुरी छ । सबै प्रकारका माफियाहरु र बिचौलियाहरु सधैं सत्ताको नजिक र नेताको गोजीमा हैन जेलको चौघेरा भित्र हुनुपर्छ । सबै राजनीतिक दलहरुले जनताको जनमतको कदर गर्नु पर्दछ ।
नेपाली राजनीतिका भुक्तभोगीहरु भन्छन्, यदि नेकपाको राजनीतिक शक्ति शंघर्ष वास्तवमै चर्किएको हो भने नेकपाको वर्तमान र भविष्यका बारेमा अब केही भन्न सकिने अवस्था छैन । नेकपाका दुबै पक्षको रिमोर्ट कन्ट्रोल अन्यत्रै भएकोले रिमोर्ट चलाउनेको तजबीजमा नेकपाको राजनीतिक भविष्य निक्र्यौल गर्नेछ । उत्तरी ध्रुव र दक्षिणी ध्रुवको टकरावमा परिरहेको नेकपाको वर्तमान राजनीतिक नेतृत्वले आफ्नै आन्तरिक बलबुताबाट अब समस्याको समाधान निकाल्न सक्ने देखिदैन । चिनियाँ राजदुताबासको निरन्तरको प्रयास समेत बिफल भएपछि अब नेकपाको नेतृत्व वार कि पारको अवस्थामा पुगेको छ । अर्काथरी बिश्लेषकहरुको कथन छ–नेकपा जुटेको भए पो फुट्छ कि भनेर चिन्ता गर्नु, ब्यक्तिगत स्वार्थसिद्ध गर्न टाँसिएकाहरुलाई छुट्टिनु वा चोईटिनुमा कुनै तात्विक अर्थ नै रहदैन ।
नेकपा भित्रको ईमान्दार र निष्ठाको राजनीति गर्ने समूह भने मुलधारका राजनीतिक दलहरु फुटनु हुदैन भन्ने कुरामा अझै पनि आशावादी देखिन्छन् । ठूला दलहरु फुटेको तितो अनुभव सम्हालीसकेका राजनीतिका भुक्तभोगीहरु भन्छन्, अहिले पनि ठूला दलहरु फुटेको हेरेर मजा लिने खोज्नेहरुको जमात पनि यहि छ । यति हुँदाहुँदै पनि नेपालका ठूला राजनीतिक दलका नेताहरुमा देखिएको हठ भने गलत छ । जनतालाई सधैं भेडा मात्र ठान्ने सामन्ति सोच चाँहि अब नेताहरुले पनि परिवर्तन गर्न जरुरी छ । सबै प्रकारका माफियाहरु र बिचौलियाहरु सधैं सत्ताको नजिक र नेताको गोजीमा हैन जेलको चौघेरा भित्र हुनुपर्छ । सबै राजनैतिक दलहरुले जनताको जनमतको कदर गर्नु पर्दछ । सरकारले जनताका पक्षमा अहोरात्र काम गर्नु पर्दछ । प्रतिपक्षले सरकारका गलत कामका बारेमा खबरदारी गर्नुपर्दछ । अनि मात्रै नेपाली राजनीति सङ्गो र स्वच्छ हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार