यस्तो छ कांग्रेसमा युवाको हविगत
कुसुम सेञ्चुरी
साउन २५, २०७७ सोमबार २:१५:२३
२५ साउन, काठमाडौं । नेपाली राजनीतिको अभिन्न अंग बनेको छ गुटगत राजनीति । चाहे त्यो नेपाल कम्युनिष्ट पार्टी होस् वा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस नै किन नहोस् गुटगत राजनीतिकै बोलबाला छ । लोकतन्त्रमा विचार समूह हुनु स्वभाविक हो तर त्यसले पार्टी नै बेकम्मा बनाउने तहसम्मको विभाजनको रेखा को¥यो भने क्षति पुग्छ– राजनीतिक विश्लेषक लोकराज बराल भन्छन् ।
बरालको हालै प्रकाशित एक लेखमा भनिएको छ– विचार र सिद्धान्तले पार्टीमा फरक धार हुनु लोकतन्त्रको सुन्दरता हो, तर त्यसैका आधारमा सत्ताको बार्गेनिङ हुन थाल्यो भने त्यो चाहिं बिडम्बना नै हो । विश्लेषक बरालले भने जस्तै अहिले नेकपा र कांग्रेसमा मात्र होइन अस्तित्वमा भएका सबै पार्टीभित्र त्यही परिदृश्य देख्न र भोग्न पाइन्छ । यो यथार्थबोध पुराना पुस्ताले मात्र नभई नयाँ पुस्ताका नेताहरुमा समेत बलियो देखिएको छ ।
खासगरी नेपाली कांग्रेसलाई नयाँ शिराबाट हाँक्ने उद्घोष गर्ने युवापुस्ता नै सबैभन्दा बढी गुटगत राजनीतिको शिकार भएका छन् । पुराना पुस्ताका नेताहरु गुटमा विभाजित थिए । नेपाली कांग्रेस स्थापनादेखि नै दुई गुट थियो । त्यो क्रम पछिसम्म कायमै रह्यो । बहुदल पुनस्थापनापछिको कालखण्डमा गुटगत राजनीति यति हावी भयो कि नेपाली कांग्रेसबाट गणेशमान सिंहले नाता नै तोड्नुप¥यो । साथै, सन्तनेता कृष्णप्रसाद भट्टराईले समेत जीवनको उत्तरार्धमा नेपाली कांग्रेसबाट विश्राम लिनुपरेको थियो ।
यो सबै गुटगत राजनीतिको कारण भएको थियो । त्यसैले नेपाली कांग्रेसलाई नयाँ उँचाईमा पु¥याउन युवा पुस्ताले गुटगत संरचना ध्वस्त पार्ने जमर्काे गर्नुपर्ने थियो । तर दुर्भाग्य तिनै युवापुस्ता अहिलेपनि गुटगत राजनीतिलाई नै मलजल गरिरहेका छन् । पार्टीको आसन्न चौधौं महाधिवेशनमा युवापुस्ताको आगमनको सम्भावना देख्ने नेता नै कुनै न कुनै गुटबाट पद जोगाउन सक्रिय देखिएका छन् । त्यति मात्र होइन, विद्यार्थी राजनीति गर्दादेखि नै कुनै न कुनै गुटमा आवद्ध भएर शुरुआत गर्ने प्रवृत्ति रहेको छ । जसले गर्दा पार्टी राजनीतिमा आइपुग्दासमेत त्यसको धङ्धङी रहिरहन्छ ।
अहिले फेरि महाधिवेशनको पूर्व सन्ध्यामा कतिपय युवा नेताले पुरानो पुस्तालाई विश्राम दिनुपर्ने बताइरहेका छन् । तर त्यसो भन्नेहरु आफैं कुनै न कुनै गुटमा आबद्ध छन् । कांग्रेसका युवापुस्ता वास्तवमा दोधारे देखिए– अर्का राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको ठम्याई छ । आफू गुटमा रमाउने अनि गुटको विरोध गर्ने यो त विरोधाभाषपूर्ण देखियो नि – उनी थप्छन्– युवापुस्तामा साँच्चै हिम्मत हुने हो भने अहिले सबै एकजुट भएर बुढा पुस्तालाई विश्राम दिलाउन सक्नुपर्छ ।
तर यो तत्काललाई सम्भव देखिंदैन किनभने उनीहरु नै पुराना पुस्ताका नेताको दौराको फेर समाएर आफ्नो पद सुरक्षित राख्न उद्यत् छन्– आचार्य भन्छन् । हुनपनि युवापुस्ताका सबै नेता कुनै न कुनै गुटमा जोडिएकै छन् । नेपाली कांग्रेसमा अहिले तीनवटा गुट अस्तित्वमा देखिएको छ ।
जसमा पहिलो संस्थापन भितर अर्थात पार्टी सभापति शेरबहादुर देउवाको गुट सबैभन्दा सशक्त देखिन्छ । त्यसलाई चुनौती दिने अर्काे गुटको नेतृत्व वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका छन् । यद्यपि पौडेल नेतृत्वको गुटमा आधा दर्जन जति उपगुट रहेका छन् । जसमा महामन्त्री डा. शशांक कोइराला, डा. शेखर कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी मुख्य रहेका छन् ।
यी दुवै गुटबाट आफूलाई अलग राख्न खोज्ने अर्काे गुट रहेको छ– सिटौला गुट । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वमा सक्रिय यो गुट आकारमा सानो भएपनि आन्तरिक राजनीतिक जोडघटाउमा भने कहिलेकाँही निर्णायक देखिने गरेको छ ।गत तह्रौं महाधिवेशनमा सिटौला गुटको सहयोगमा देउवा सभापतिमा निर्वाचित भएका थिए । त्यसपछि सिटौला गुट निरन्तर सक्रिय छ । यी तीनवटै समूहमा कांग्रेसका सशक्त र होनहार भनिएका युवाहरु विभक्त छन् । उनीहरु एकजुट भएर नेतृत्वलाई चुनौती दिनेभन्दा उनीहरुसँगै मिलेर आफू सुरक्षित बन्ने ध्याउन्नमा छन् । यस्तो परिस्थितिमा युवा पुस्ताले नेतृत्व गर्ने कांग्रेस तत्काल अस्तित्वमा देखापर्ला भन्न मुश्किल रहेको बुझाई विश्लेषक आचार्यको छ ।
हुनपनि अलिकति पत्याउने अनुहार भएका युवाहरु सबै कुनै न कुनै गुटमा लेपास्सिएका छन् । कार्यकर्ता र जनस्तरमा अलिकति आशा जगाउने भनिएका सबैको हालत उस्तै देखिन्छ । जसमा देउवा गुटमा पछिललो समय जोडिएका एक होनहार नेता हुन्– विश्वप्रकाश शर्मा । लामो समय उनी देउवा इतर समूहमा थिए । तर पछिल्लो अवस्थामा उनी देउवाकै द्वारपाल बन्न पुगेका छन् । पार्टीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएपछि उनी सर्लक्कै पल्टिएका छन् । यतिखेर देउवा समूहको होनहार युवामा शर्मा रहेका छन् ।
यस्तै पौडेल समूहमा लागेर आफ्नो राजनीति सुरक्षित पार्ने दाउमा छन् केही पत्यारिला अनुहार । जसमा धनराज गुरुङ, गुरुराज घिमिरेदेखि चन्द्र भण्डारीसम्म अटाएका छन् । उनीहरु पनि युवापुस्ताको हातमा नेतृत्व आउनुपर्ने भाषण गर्न थाक्दैनन् । तर पौडेल गुटबाट बाहिर आउने हिम्मत पनि छैन कसैको । अर्काे गुट सिटौलामा आबद्ध गगन थापा पनि कांग्रेसमा नाम चलेका युवा नेता हुन् । उनीप्रति धेरैको अगाध विश्वास र भरोशा होला । तर उनी भने जनता र आम कार्यकर्ताको भावना र चाहना अनुरुप आफूलाई बदल्न सक्ने हैसियतमा छैनन् । आफूलाई सुरक्षित राख्न सिटौलाको हनुमान बन्न बाध्य छन् ।
युवा पुस्ताका यी नेताहरु समग्र कांग्रेसलाई एकजुट बनाउन सक्ने शाब्दिक ताकत त राख्लान् तर मन, वचन र भावनाले भने असमर्थ छन् । त्यसैले आगामी चौधौं महाधिवेशनले युवा पुस्ताको हातमा नेतृत्वको लगाम देला भन्ने विश्वास धेरैलाई छैन ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार