गोरु काटेर मासु खाएको अभियोगमा तीन पक्राउ
नेपालबहस संवाददाता
साउन २६, २०७७ सोमबार १३:४४:४५
२६ साउन, दमौली । गोरु काटेर मासु खाएको अभियोगमा जिल्ला प्रहरी कार्यालयले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका–१ बाख्रे बस्ने २२ वर्षीय मिलन नेपाली, सोही ठाउँका २२ वर्षीय विनोद थापा र ४५ वर्षीय विमलाल सुनार रहेका छन् ।
विसं २०७६ चैत ३० गते कास्कीको साविक लेखनाथ नगरपालिका–२ स्थायी घर भई हाले म्याग्दे–१ मान्द्रे बस्ने ६६ वर्षीय तर्कबहादुर कुमालले कृषि पेशाको लागि पाल्दै आएका दुई वटा गोरुमध्ये एउटा गोरु चोरेर काटेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।
पक्राउ परेकासहित छ जनाले गोरु चोरी गरेर मासु बाँडीचुँडी खाएको पत्ता लागेको र निजहरुलाई खोजतलास पछि पक्राउ गरी आइतबार जिल्ला अदालतबाट चोरी तथा गोरु मार्न नहुने मुद्दामा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । फरार रहेका अन्य व्यक्तिको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले जानकारी दिए ।
“गोठमा बाँधिराखेको गोरुको दाम्लो फुकाई चोरी गरी करिब आधा घण्टा पैदलदूरी एकान्तमा लगी काटेर मासु बाँडेर खाएको अनुसन्धानबाट खुलेको छ”, उनले भने, “गोरुको बाँकी अङ्ग सेफ्टीट्याङ्कीमा फाली घटना गुपचुप गराउन खोजिएको थियो ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
ओलाङ्चुङगोलामा सडक पुगेसँगै स्थानीय खुसी
बैशाख १३, २०८१ बिहिबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने
बैशाख १३, २०८१ बिहिबार
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन
बैशाख १३, २०८१ बिहिबार