अमेरिकामा संक्रमित संख्या ५० लाख कट्याे
नेपालबहस संवाददाता
साउन २६, २०७७ सोमबार १४:३७:४३
२६ साउन, एजेन्सी । अमेरिकामा कोरोना भाइरस ‘कोभिड–१९’ बाट संक्रमित हुनेको संख्या ५० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सोमबार बिहानसम्म अमेरिकामा संक्रमितको संख्या ५० लाख ४१ हजार नाघेको छ । अमेरिकामा भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ६२ हजार ९ सय १३ पुगेको छ । यो विश्वभर मृत्यु हुनेमध्ये करिब एक चौथाइ हो ।
भाइरसको संक्रमणबाट आर्थिक संकटमा परेका अमेरिकीलाई राहत दिने आर्थिक कार्यक्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका बेला संक्रमितको नयाँ तथ्यांक सार्वजनिक भएको हो । यसअघि सार्वजनिक आर्थिक सहयोग प्याकेजबारे कंग्रेसमा सहमति नजुटेपछि उनले छुट्टै राहतसहितको कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।
त्यसैगरी, कोरोना भाइरसबाट विश्वभर १ करोड ९७ लाख ६९ हजार संक्रमित भइसकेका छन् । भाइरसका कारण ७ लाख २९ हजार ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ । भाइरसका कारण प्रभावित हुने देश अमेरिकापछि ब्राजिल छ । सोमबार बिहानसम्म ब्राजिलमा ३० लाख ३५ हजार ४ सयभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ भने १ लाख १ हजार ४९ जनाले ज्यान गुमाइसकेका छन् ।
भारतमा कोभिड संक्रमितको संख्या २१ लाख ५३ हजार नाघेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार सोमबार बिहानसम्म देशभर ४३ हजार ३ सय ७९ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी, रुसमा ८ लाख ८५ हजार तथा दक्षिण अफ्रिकामा ५ लाख ५९ हजार जना संक्रमित भइसकेका छन् । रुसमा १४ हजार ९ सय ३ तथा दक्षिण अफ्रिकामा १० हजार ४ सय ८ जनाले ज्यान गुमाइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
सुकीलाई जेलबाट निकालेर घरमै नजरबन्दमा राखिनुका कारण के हो ?
बैशाख ५, २०८१ बुधबार
उत्तरी युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
बाँकेको एक हर्बल उद्योगमा लागेको आगो निभाउन ११ वटा दमकल
बैशाख ६, २०८१ बिहिबार
पोखरामा सवारी दुर्घटना हुँदा पोखरामा ८ चिनियाँ घाइते
बैशाख ६, २०८१ बिहिबार
अन्योलताका बीच आज कोशी प्रदेशसभा अविधेशन
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई समर्थन दिनेबारे एमाले अझै मौन
बैशाख ६, २०८१ बिहिबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार