दुई छोरा पहिराेले पुरिएर मृत्यु,परिवार शोकमा
नेपालबहस संवाददाता
साउन २६, २०७७ सोमबार १९:४५:१३
◊ नरेन्द्रसिह कार्की २६ साउन दार्चुला । घरको सहाराका रूपमा रहेका दुई छोराको मृत्युपछि लेकम गाउँपालिका–५ का ५८ वर्षीय सानो दमाईको परिवार बिचल्लीमा परेको छ । यही साउन ६ गते मालिकार्जुन गाउँपालिका–८ मा पहिरामा पुरिएर उनका दुई छोरा २४ वर्षीय अर्जुन र १८ वर्षीय मिलनको मृत्यु भएको थियो । छोराको मृत्युपछि दमाई परिवार अहिले बिचल्लीमा छ ।
घरको ऋण तिर्न भन्दै दिदी घरमा सिलाइ गर्न उनीहरु शङ्करपुर पस्ती गएका थिए तर उनीहरुले काम गर्ने ठाउँमा पहिरो आएपछि दुवै जना त्यही पहिरामा पुरिएर ज्यान गुमाए । उनीहरुको घर बनाउँदा परेको रु दुई लाख ५० हजार ऋण तिर्न बाँकी थियो । जनता आवास कार्यक्रमले घर नभएका विपन्न दलित परिवारलाई घर बनाउन शुरु गरेको थियो । जनता आवास कार्यक्रममार्फत आएको रु एक लाख ८० हजारबाट घर निर्माण हुन सकेन । पूरै निर्माण गर्न गाउँबाट ऋण निकाले ।
घरको ऋण तिर्ने चिन्ता भएपछि उनीहरु सिलाइ व्यवसाय गर्न मालिकार्जुन गाउँपालिकाको पस्ती गएका थिए तर त्यही पहिराले घरको ऋण तिर्ने सपना अधुरै रह्यो । “छोराको पहिरोमा पुरिएर मृत्यु भएको खबरलगत्तै उनीहरुकी आमा ५७ वर्षीया भुरा दमाईले मर्न खोजे । आफैँले ढुङ्गाले हानेर टाउको फुटाए । जेनतेन उनलाई बचाउन सकिएको छ”, स्थानीयवासी अनिल परिवारले भने, “मान्छेले देखेपछि उनलाई जोगाइहाले ।”
स्व अर्जुनकी २२ वर्षीया श्रीमती कलावती अझै अचेत अवस्थामा छन् । घरमा न कोही बोल्छन्, न हाँस्न सक्छन् । मानसिकरूपमा कमजोर हुँदै गएका छन् । कलावतीका दुई छोरी साढे चार वर्षकी प्रियङ्का र दुई वर्षकी मौसमी छन् । घरमा सानो दमाईकी कान्छी छोरी १२ वर्षीया सञ्जु छिन् । घरको सहारा तथा कमाउने मान्छे नभएपछि दमाई परिवार अहिले कसरी बाँच्ने भन्ने चिन्तामा छ । “घरमा साहस दिने मान्छे नै भएनन्”, अनिलले भने, “पूरै परिवार अचेत जस्तै छ । बूढेसकाल लागेका बूढाबूढीले नातिनीहरु पाल्नुपर्ने अवस्था छ ।”
सानोकी छोरी कक्षा ७ मा पढ्दैछिन् । नातिनीहरु पनि पढ्ने उमेर हुँदैछ तर पढाउने कसरी, घरको ऋण कसरी तिर्ने चिन्ताले पूरै परिवार शोकमा डुबेको छ ।“घरमा पुगेपछि के खाने भन्ने छ, उनीहरुको दयनीय अवस्था देखेरै गाउँका युवाबाट सहयोग सङ्कलन अभियान चलाएका छौँ”, अनिलले भने । अनिलका अनुसार ४०/४५ हजार रुपैयाँ सङ्कलन भएको छ । युट्युबमार्फत अभियान चालिएको छ । अहिलेसम्म स्थानीय सरकारले उनीहरुलाई सहयोग गर्नेतर्फ चासो नदिएको उनको गुनासो छ । “घरमा कमाउने मान्छे नभएपछिको पीडा देखेका छौँ, मालिकार्जुन गाउँपालिकाले किरिया खर्च उपलब्ध गरायो तर लेकम गाउँपालिकाले दमाई परिवारलाई सहयोग गरेको छैन”, उनले भने ।
अर्जुनकी आमा भुरा र श्रीमती कलावतीको अवस्था नाजुक बन्दै गएको छ । घरमा सानो दमाई मात्रै मान्छेसँग बोल्छन् । पूरै घर अन्धकार भएजस्तो देखिन्छ । “छोरीले बुबा खोज्छन्”, सानो दमाईले भने , “कसलाई बुबा भन्नु बुहारी बोल्दिनन्, मानसिक अवस्था नराम्रो हुँदै गएको छ । घरमा सम्झाउने कसले रु मेरै श्रीमती ‘छोरा मरे, कोख रित्तो भयो’ भन्दै मर्न खोजी । बल्लतल्ल बचाइयो ।” घरमा परेको अप्ठ्याराका कारण काम गर्न साहस नआएको उनले बताए । “ऋण तिर्ने कसरी, परिवारको खर्च जोहो केले गर्नु ?” उनले भनेयो, “कमाउने दुवै छोरा मरेर गइहाले, कसका लागि हामीले जिउने? ”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडढेलोले खोटाङमा तेह्र घर खरानी
बैशाख १३, २०८१ बिहिबार
८० वर्षको उमेरमा नागरिकता
बैशाख १३, २०८१ बिहिबार
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
पोखरामा एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुँदै
बैशाख १३, २०८१ बिहिबार
प्रिमियम लिगका दुइ खेलाडीमाथि बलात्कारको आरोप
बैशाख १३, २०८१ बिहिबार
अमेरिकाले युक्रेनलाई गोप्य रुपमा दिएका लामो दुरीको मिसाइलको प्रयोग
बैशाख १३, २०८१ बिहिबार
डढेलोले खोटाङमा तेह्र घर खरानी
बैशाख १३, २०८१ बिहिबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार