राष्ट्रिय फुटबल टिमका ११ खेलाडीको कोरोना परिक्षण
नेपालबहस संवाददाता
साउन २६, २०७७ सोमबार १८:४०:२८
२६ साउन, काठमाडौं । फिफा विश्वकप छनोट र एसियन कप छनोटका लागि प्रशिक्षणमा सहभागी हुने राष्ट्रिय फुटबल टिमका ११ खेलाडीको कोरोना परिक्षण गरिएको छ ।
लगनखेलस्थित पाटन अस्पतालमा पहिलो दिन सोमबार ११ खेलाडीको कोरोना परिक्षण गरिएको अखिल नेपाल फुटबल संघ ‘एन्फा’ ले जनाएको छ । एन्फाले ११ खेलाडीसहित १ फिजियो, १ प्रशिक्षक र एन्फा होस्टलका १२ स्टाफ गरी २५ जनाको कोरोना परिक्षण गरिएको जनाएको छ ।
सोमबार विशाल राई, रंजित धिमाल, मिक्चेन तामाङ, रवी पासवान, दर्शन गुरुङ, विमल राना, दिप कार्की, दिलेन लोक्तान, छिरिंग गुरुङ, देवेन्द्र तामाङ र पुजन उपरकोटीको परिक्षण गरिएको छ ।
यस्तै फिजियो आविश्कार पुडासैनी र प्रशिक्षक किरण श्रेष्ठको परिक्षण गरिएको छ । बाँकी खेलाडी र फिसियलको कोरोना परिक्षण मंगलबार गरिने जनाएको छ । विश्वकप छनोटका लागि एन्फाले राष्ट्रिय फुटबल टिमको प्रशिक्षण भदौ १ गतेबाट सुरु गर्ने तयारी गरेको छ ।
फिफा विश्वकप २०२२ छनोट अन्तर्गत आगामी दिनमा नेपालले तीन होम खेल खेल्दैछ । दशरथ रंगशालामा हुने तीन खेल असोज र कार्तिकमा आयोजना हुनेछ ।
नेपालले असोज २२ गते चाईनिज ताईपेसँग खेल्दैछ भने त्यसको ५ दिनपछिनै एसियाली पावर हाउस अष्ट्रेलियाको सामना गर्नेछ । यस्तै समूह चरणको अन्तिम खेलमा नेपालले कात्र्तिक २७ गते जोर्डनको आतिथ्यता प्रदान गर्नेछ ।
समूह बी मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ । चाईनिज ताईपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसीसी प्रिमियर कप: हङकङविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
पूर्वाधार अभावमा पनि खेलकुदमा सुदूरपश्चिम अब्बल
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार