‘सेता मच्छड’ काे कब्जाबाट कांग्रेस जाेगाउ
नेपालबहस संवाददाता
साउन २६, २०७७ सोमबार २२:०:२२
यज्ञप्रसाद भट्टराई
नेपाली कांग्रेसको आशन्न महाधिवेशनको तयारी विस्तारै शुरु हुन थालेको छ । क्रियाशिल सदस्यता वितरणको क्रम विस्तारै अगाडि बढीरहेको छ । विस्तारै वडा, गाँउ, नगर, क्षेत्र, जिल्ला र प्रदेशका अधिवेशनहरु सम्पन्न हुदैछन् । नेपाली कांग्रेसको वर्तमान अवस्थाको सांगठनिक गतिबिधि त्यति चुस्त र क्रियाशिल भने देखिदैन । ३० औं बर्षदेखिको बोझिलो भारीले थिचिएका नेतृत्व तहलाई महाधिबेश मात्रै भारी बिसाउन उचित र भरपर्दो चौतारो हुनसक्छ । यसले पुरानो पुस्ताबाट विस्तारै नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने आधार पनि तय गर्दछ । देशमा रहेका लाखौं युवाहरुलाई पार्टीले उचित स्थान दिने उचित र भरपर्दो समय भनेको पनि पार्टीको महाधिबेशन नै हो । नेपालीहरुको कहालिलाग्दो विदेश पलायनको तथ्यांकले आउदो केहि दशकको अवस्था अध्ययन गर्दा नेपाल कस्तो मुलुक रहला ?? भनेर राजनैतिक दलहरुले समेत अब छलफल र बहस चलाउनु पर्ने देखिन्छ । भएका दुइ चार नेताबाट मेची महाकाली वक्तब्यबाजी गराउँदैमा र आमसभामा भाषण गराउँदैमा सिंगो कांग्रेसको भविष्य सुनिश्चित हुन सक्दैन । यसलाई स्थानीय तहदेखि नै मजबुत, दर्बिलो र आम नागरिकको भरोषाको केन्द्रको रुपमा नेपाली कांग्रेस पार्टी रहन सक्छ भन्ने विश्वास जगाउन आवश्यक छ ।
नेपाली कांग्रेसको स्थापना हुँदाका राजनैतिक विचार र सिद्धान्तहरु अहिले आएर विस्तारै क्षयिकरण हुँदै गैरहेका छन् । देशमा प्रजातन्त्रको स्थापना, राजनैतिक स्वतन्त्रता, आर्थिक स्वतन्त्रता, वाक स्वतन्त्रता र समग्र मुलुकको बिकासको लक्ष लिएर स्थापना भएको राजनैतिक दललाई नेपाली जनताले पटक पटक माया गरेकै पनि हो । तर मुलुकमा विकसित केहि राजनैतिक घटनाक्रमहरुले नेपाली कांग्रेसलाई कमजोर बनाउन वा कांग्रेसलाई राजनैतिक प्रहार गर्ने कुराहरुले भने अहिलेसम्म पनि निरन्तरता पाई रहेको छ । मुलुकलाई धर्म निरपेक्ष बनाउने र हिन्दू धर्ममाथि हस्तक्षेप हुँदा पनि कांग्रेसका नेताहरुले त्यसलाई सम्बोधन नगरेको अवस्थामा तमाम नेपाली कांग्रेसका कार्यकर्ताहरु तथा शुभचिन्तकहरुको असाध्यै धेरै मन दुखेको छ ।
नेपाली कांग्रेस भित्र कहिल्यै खान नपाएक जस्ता वा बर्षौदेखि भोकाएका जस्ता वा भनौं जति खाए पनि नअघाएका जस्ता देखिने सेता मच्छडहरुलाई नेता मान्नु भन्दा पारिवारिक विरासत र राजनैतिक निष्कलंक र निष्पक्षताको विचारहरु बोकेका ब्यक्तिहरुलाई नै नेतृत्व तहमा ल्याउन वा आउने वातावरण सृजना गर्नु आवश्यक देखिन्छ । तमाम कार्यकर्ताहरुले कसलाई विश्वास गर्छन्, के र कुन आधारमा मतदान गर्छन ?? यो भोलिको विषय हुनसक्ला ।
तर हतारमा गरिएको निर्णयहरुबाट फुर्सदमा पछुताउने ब्यक्तिहरु पनि प्रशस्तै भेटिन्छन् । यस्तो बिषयमा पार्टी भित्र ब्यापक बहस चलाउन जरुरी छ । आम कार्यकर्ताका बिचमा उच्च राजनैतिक छवि बनाउनु भएका राजनितिका अब्बल पर्याय डा. शेखर कोईराला पनि अहिलेको अवस्थामा सहि हुन सक्छन् भन्ने एकथरि नेतृत्वको ठम्याई छ । यो पनि अहिलेको अवस्थामा कांग्रेसलाई बैतरणी तार्न सहायक सिद्ध हुनसक्छ । पार्टीको खस्किदो साखलाई अब आउने चानचुने नेतृत्वले भने सम्हाल्न सक्ने अवस्थामा छैन । हल्ला र भिडको राजनितिबाट स्वच्छ, सङ्गलो राजनैतिक रुपान्तरणका लागि पनि अबको नेतृत्व छनौट पङ्गतिले विचार पुर्याउन जरुरी छ । केहि औला चाटदै पछि लागेकाहरुलाई समेत समटेदै अबको नेतृत्व डा। शेखर कोईरालाको पक्षमा नै आउन जरुरी छ । नत्र चार तारे झण्डा हैन एकतारे पियानो बोकेर मागी खान हिंडने अवस्था आउन सक्छ ।
हिजोको प्रौढ नेतृत्वले पनि अबको नेपाली कांग्रेसलाई उर्जा प्रदान गर्न सक्दैन । त्यसकारण अब आउने महाधिबेशनमा यस्ता बौद्धिक वर्गलाई नेतृत्वमा ल्याउन पर्छ जसले देशलाई लुटी खाने, कर्मचारीलाई कमिशनको दलदलमा फसाउने, विकास निर्माणका काममा कमिशन घुसाई २ बर्षमा सकिने योजनालाई १० बर्षसम्म लगाउने, नेता भन्दा पनि दलालको मध्यस्थता गर्ने जस्ता नेतृत्वमा भएका ब्यक्तिहरुलाई पाखा लगाउन जरुरी छ । अब पनि बोल्दा कुनै नेता पो रिसाउने हो कि ?? कतै हात पर्न आँटेको भाग काटिने पो हो कि ?? चुनावमा टिकट नपाईने पो हो कि ?? छोराको अमेरीका जाने भिषा रोकिने पो हो कि ?? भन्ने झिना मसिना कुरामा अल्मलिने हो भने देशले सहि नेतृत्व र मुलुकले सहि निकास पाउन असंभव छ ।
नकारात्मक टिप्पणी भन्दा पनि यथार्थपरक विश्लेषण गरौं । वीपीलाई बिर्सनेहरु कहिल्यै कांग्रेस हुन सक्दैनन् । किसुनजी र गणेशमानलाई पाखा लगाएर गिरिजा प्रसाद कोईरालाले जुन मुर्खता प्रस्तुत गरे, किसुनजीको दौराको फेरो समातेर अन्त्यमा देउवाजीले जुन विश्वासघात गरे, जसका कारण मुलुक एकताबाट अनेकतामा गयो, जसले सिंगो मुलुकलाई चिरा पार्ने अभियानमा कम्यूनिष्टहरुसँग हातेमालो गर्दै पैसा र पदका लागि सती गए तिनैलाई नेता मानेर अब कांग्रेस अगाडि बढन सक्दैन ।
नेपाली कांग्रेसको बिगत, वर्तमान र अबको भविष्यको सहि विश्लेषण गरेर अब आउने नेतृत्वले तमाम नेपाली जनतालाई एकसाथ अगाडि बढाउन सक्नु पर्छ । नेपाली कांग्रेस अहिलेका पश्चिमा मुलुकका एजेन्टहरुबाट जोगिएको भने पक्कै होईन । अहिले पनि नेपाली कांग्रेस वीश्वेश्वर प्रसाद कोईरालाको प्रजातान्त्रिक समाजवादको शिद्धान्त मानेर हिंड्ने लाखौं कार्यकर्ताद्वारा संरक्षित छ । सातु र पिठो खाएर तिनै विचारहरुलाई पोल्टामा बोकेर अझै कति नेपाली कांग्रेस समर्थकहरु न्युट्रल भएर बसेका छन् । आँखा अगाडिको भड्खालो नदेख्ने कांग्रेसका केहि नेताको कुबुद्धिका कारण अहिले मुलुकमा अशान्ति फैलिएको हो । भ्रष्टाचार र जनता बिरोधि गतिबिधिहरु बढदै गैरहेको बर्तमान अवस्थामा अब नेपाली कांग्रेसका रहेका अहिलेका युवापुस्ता, शैक्षिक तथा बौद्धिक क्षमतावान बिद्वत बर्गले, शैद्धान्तिक बहस र आगामी कार्यदिशाका बारेमा ब्यापक बहस चलाउन अति नै जरुरी भैसकेको छ ।
नेपाली कांग्रेस भित्रका केहि आशालाग्दो युवा पिंढी पनि गुटको भुमरीमा परिरहेकोले यसले पनि समग्रमा कांग्रेसको सांगठनिक एकतालाई मजबुत बनाउन सक्दैन । हिजोको प्रौढ नेतृत्वले पनि अबको नेपाली कांग्रेसलाई उर्जा प्रदान गर्न सक्दैन । त्यसकारण अब आउने महाधिबेशनमा यस्ता बौद्धिक वर्गलाई नेतृत्वमा ल्याउन पर्छ जसले देशलाई लुटी खाने, कर्मचारीलाई कमिशनको दलदलमा फसाउने, विकास निर्माणका काममा कमिशन घुसाई २ बर्षमा सकिने योजनालाई १० बर्षसम्म लगाउने, नेता भन्दा पनि दलालको मध्यस्थता गर्ने जस्ता नेतृत्वमा भएका ब्यक्तिहरुलाई पाखा लगाउन जरुरी छ । अब पनि बोल्दा कुनै नेता पो रिसाउने हो कि ?? कतै हात पर्न आँटेको भाग काटिने पो हो कि ?? चुनावमा टिकट नपाईने पो हो कि ?? छोराको अमेरीका जाने भिषा रोकिने पो हो कि ?? भन्ने झिना मसिना कुरामा अल्मलिने हो भने देशले सहि नेतृत्व र मुलुकले सहि निकास पाउन असंभव छ ।
मलाई लाग्छ नेपाली कांग्रेसको आशन्न चौधौं महाधिवेशनले यो आँट, शाहस र हिम्मत गर्नेछ । निराशामा रहेका तमाम नेपाली कांग्रेसको समर्थकहरुमा यसले नयाँ पालुवा पलाउनेछ । सुकेको रुखको हाँगा काटेर फाल्दैमा रुख मर्ने हैन । नयाँ पलाएका पालुवाले झनै रुखलाई सुन्दर बनाउँछ । नयाँ नयाँ बिरुवाहरुको बेर्ना सार्ने बेला अब आईसकेको छ । पैसा र पदले कहिल्यै नअघाउनेहरुलाई अब अभिभावकको रुपमा पार्टीले स्विकार गर्दै उनिहरुको उचित सल्लाह र सुझावहरुलाई आत्मसात गर्दै नयाँ पीँढी आउन जरुरी छ ।
श्रीमति, सासु, ससुराली र आप्mना नातागोताका लागि मात्रै पार्टीको शिद्धान्त र विचार समेत दाउमा लगाउन पछि नपर्ने ब्यक्तिहरुबाट अब नेपाली कांग्रेसलाई जोगाउन जरुरी छ । आउँदो महाधिबेशनबाट ३० बर्षसम्म एकछत्र नेतृत्व तहमा रहेका नेताहरुले बिश्राम लिन जरुरी छ । केहि आशालाग्दा युवाहरुले अब नेपाली कांग्रेसको नेतृत्व खोस्न जरुरी छ । आर्यघाटले बोलाई रहेका ब्यक्तिहरुलाई सिंहदरबार छिराउने सोच अब सम्पूर्ण नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले त्याग्न जरुरी छ । यसो गर्दा पक्कै पनि पुरानो नेतृत्व पंतिमा केहि दर्द, दुःख, पीडा, छटपटी, नैसास्यता उत्पन्न हुनसक्छ । भै पनि होस्, हुन दिनुस् । यसले सिंगो पार्टी पंतिमा केहि फरक पार्दैन ।
अब मक्किएका घरका खाँवा र दलान फेर्ने आँट, शाहस र हिम्मत नेपाली कांग्रेसले गर्नै पर्दछ । मलाई लाग्छ नेपाली कांग्रेसको आशन्न चौधौं महाधिवेशनले यो आँट, शाहस र हिम्मत गर्नेछ । निराशामा रहेका तमाम नेपाली कांग्रेसको समर्थकहरुमा यसले नयाँ पालुवा पलाउनेछ । सुकेको रुखको हाँगा काटेर फाल्दैमा रुख मर्ने हैन । नयाँ पलाएका पालुवाले झनै रुखलाई सुन्दर बनाउँछ । नयाँ नयाँ बिरुवाहरुको बेर्ना सार्ने बेला अब आईसकेको छ । पैसा र पदले कहिल्यै नअघाउनेहरुलाई अब अभिभावकको रुपमा पार्टीले स्विकार गर्दै उनिहरुको उचित सल्लाह र सुझावहरुलाई आत्मसात गर्दै नयाँ पीँढी आउन जरुरी छ । समग्रमा नेपाली कांग्रेसको आउदो महाधिबेशनबाट नेतृत्व परिवर्तन हुन जरुरी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
प्रिमियर कपको पहिलो समिफाइनलमा नेपाल र युएई भिड्दै
बैशाख ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार