लेबनानका कानुनमन्त्रीले दिइन पदबाट राजीनामा
नेपालबहस संवाददाता
साउन २६, २०७७ मंगलबार ४:३४:३१
२६ साउन, एजेन्सी । लेबनानका कानुनमन्त्री मारिया क्लाउड नाज्मले सोमबार पदबाट राजीनामा दिएकी छिन ।उनले प्रधानमन्त्री हसन डिअबलाई राजीनामा पत्र बुझाइसक्नु भएको लेबनानको प्रसारक संस्था एम टिभीले जनाएको छ ।यसअघि सञ्चार मन्त्री मनल अब्देल समद र वातावरण मन्त्री डामियनोस कात्तारले पनि राजीनामा बुझाएका थिए ।
बेरुतमा केही दिनअघि भएको विस्फोटन र त्यसपछि भएको विरोधका कारण उनीहरुले राजीनामा दिएको समाचारमा जनाइएको छ । यही अगस्ट महिनाको ४ तारिखमा भएको विस्फोटनमा परी १५८ जनाको मृत्यु भएको छ भने छ हजारभन्दा बढी घाइते भएका छन् ।
त्यसैगरी लाखौ बराबरको भौतिक क्षति भएको र सहरको झण्डै आधा घरमा विस्फोटनको असर परेको छ । बेरुतमा भएको विस्फोटनका कारण अझै पनि केही मानिस बेपत्ता अवस्थामै छन् भने लाखौँ विस्थापित भएका छन् । शक्तिशाली विस्फोटनका कारण असुरक्षित महसुस गरेर, घरबार विहिन भएर उनीहरु विस्थापित हुन परेको अधिकारीहरुले जनाएका छन् ।
लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा गत मङ्गलबार अबेर विनाशकारी र शक्तिशाली विस्फोट भएको थियो । करिब दुई हजार ७५० टन ‘एमोनियम नाइटे«ट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको यस विस्फोटनको आवाज धेरै ढाटासम्म सुनिएको थियो । यस गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइटे«ट’ भण्डारण गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार