यौनमा कुरा नमिल्दा टाउको काटेर झोलामा, शरीर सुटकेशमा !
नेपालबहस संवाददाता
साउन २७, २०७७ मंगलबार १५:४६:४९
२७ साउन, काठमाडौं । टाउको र खुट्टा काटिएको अवस्थामा सुटकेशमा शव भेटिएको गोंगबु गणेशस्थान हत्या प्रकरण यौनसँग जोडिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । दुई दिनअघि दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या गरेर सुटकेशमा फालेकाे अवस्थामा शव भेटिएको थियो । सुटकेशमा शरीर तथा टाउको र खुट्टा केही पर झोलामा फेला परेपछि पहिचान खुलाउन दुई दिन लागेको थियो ।
हिजो दिउँसो फेसबुकमा मृत्तकको अनुहारसहित फोटो सार्वजनिक भएपछि पहिचान खुलेको थियो । हत्याको मुख्यकारण महिलासँगको यौन विवाद रहेको कारक ठानिएको छ ।
हत्या गर्ने अभियुक्तबाट ‘यौन’का विषयमा विवाद हुँदा अण्डकोषमा हम्मरले हानेर हत्या गरेको बयान आएको छ । यौनभन्दा अगाडी यो विवाद पैसाको लेनदेनसँग पनि जोडिएको अनुमान छ । तर हत्याको मुख्यकारण यौन मात्रै हो वा पैसा ? भन्ने खुलिसकेको छैन् ।
शवको प्रकृति हेर्दा घटना पैसाको लेनदेनसँगै यौनसँग पनि जोडिएको देखिन्छ । तर यसको अन्तिम निष्कर्ष आउन बाँकी छ ।
कसरी भयो हत्या ?
दाङका कृष्णबहादुर बोहराको उमेर परिपक्व देखिन्छ । यो अवस्थामा यौनकै विवादले हत्यासम्म पुगेको घटनाले एकपटक सबैलाई चकित तुल्याएको छ । यद्यपि यसबारेमा प्रहरीको अनुसन्धान जारी छ । पक्राउ परेकी महिलाले बताएअनुसार पटक पटक ‘सेक्सुअल ह्यारेसमेन्ट’ गरेकै कारण कृष्णबहादुरको हत्या गरिएको हो ।
शनिबार बेलुकी नै गोंगबुस्थित ती महिलाको कोठामा पुगेका उनको राती हत्या भएको थियो । सेक्सुअल ह्यारेसमेन्टपछि किला ठोक्ने हम्मरले अण्डकोषमा हानेर हत्या गरिएको महिलाको बयान छ । सुटकेशमा भेटिएको उनको शवमा पनि अण्डकोषमा निलडाम देखिन्छ ।
सेक्सुअल ह्यारेसमेन्ट नै हत्याको कारण भनिएपनि त्यो कस्तो ह्यारेसमेन्ट थियो भन्ने खुलेको छैन् । पटक पटक जबर्जस्ती यौन सम्पर्क गर्न खोज्दा, सम्पर्क गर्न नमान्दा वा सन्तुष्ट हुन नसकेकोबारे खुल्न सकेको छैन् । उनीहरुबीच यौन सम्बन्ध कहिलेदेखि शुरु भयो ? त्यो पनि अन्योल छ । एक छोरीसमेत साथमा रहेकी भनिएकी ती महिलाका श्रीमान कहाँ छन् ? भन्ने पनि खुल्न बाँकी छ ।
साथै महिलाले अण्डकोषमा हानेर हत्या हुदाँसम्म कृष्णबहादुर चिच्याउनुपर्ने हो । घटनाबारे अरुलाई पनि थाहा हुनुपर्ने हो । तर घटनाबारे केही पनि थाहा नभएको घरभेटी तथा छिमेकीले बताएका छन् । अण्डकोषमा हानेर मारेपछि टाउको र खुट्टा काटेर झोलामा र कृष्णबहादुरको शरीर सुटकेशमा हालेर सडकछेउमा लिएर फालेको महिलाको बयान छ ।
सिंगो शरीर सुटकेशमा नअटेपछि टाउको र खुट्टा काटेर हाल्नु परेको उनको भनाई छ । टाउको र खुट्टा अर्को झोलामा हालेर फालिएको थियो । जुन सुटकेशभन्दा तीन सय पर प्रहरीको तालिमप्राप्त कुकुरले भेट्टाएको थियो ।
यसरी विभत्स हत्या गरेर शव व्यवस्थापन गर्नुको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
आमाको अपराधमा अवोध छोरी साक्षी !
अभियुक्त महिलाले कृष्णबहादुरको विभत्स हत्या गर्दा उनकी छोरी साथमै रहेको प्रहरीले लिएको बयानमा देखिन्छ । हम्मरले कृष्णबहादुरको अण्डकोषमा हानेर आमाले हत्या गरेपछि खुकुरीले घाँटी र खुट्टा काट्दा छोरीले सहयोग गरेको महिलाको बयान छ ।
आमा छोरीबाहेक घटनामा अरु कसैको पनि प्रत्यक्ष संलग्नता नरहेको ती महिलाले बताएकी छिन् । तर शवको प्रकृति हेर्दा हत्या योजनाबद्ध रुपले मार हान्न सक्ने व्यक्तिले गरेको प्रहरीको अनुमान छ । यसबारे पनि अनुसन्धान भइरहेकाले एकिन हुन बाँकी छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान सकेपछि पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच लगानी अध्ययन संयन्त्र बनाइने
बैशाख १२, २०८१ बुधबार
स्वदेश फर्किए कतारका राजा [ फोटोफिचर ]
बैशाख १२, २०८१ बुधबार
धनकुटाको पहिचान तथा कोसेली नरिवल बिस्कुट
बैशाख १२, २०८१ बुधबार
बाँकेका किसान चैते धानखेतीमा आकर्षित
बैशाख १२, २०८१ बुधबार
उच्चले रोक्यो पर्यटन बोर्डको सीईओ नियुक्ति प्रक्रिया
बैशाख १२, २०८१ बुधबार