दुई महिनापछि खुल्यो गल्याङ नगर अस्पताल
नेपालबहस संवाददाता
साउन २७, २०७७ मंगलबार १६:३८:२६
२७ साउन, स्याङ्जा । गल्याङ नगरपालिका–३ स्थित गल्याङ नगर अस्पताल दुई महिनापछि सोमबारदेखि पुनः सञ्चालनमा आएको छ । नगर अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना सङ्क्रमण देखिएपछि समुदायमा समेत सङ्क्रमण फैलिन सक्ने जनाई बन्द गरिएको नगर अस्पताल पुनः सञ्चालनमा आएको अस्पतालका प्रमुख थानपति न्यौपानेले जानकारी दिए ।
बन्द अस्पतालका आकस्मिक तथा बहिरङ्गसहितका सबै सेवा सञ्चालनमा ल्याइएको छ । अस्पतालका प्रमुख न्यौपानेले भने, “कोरोनाको सङ्क्रमण देखिएका बिरामीको उपचारका लागि आइसोलेसन कक्ष र अन्य बिरामी प्रवेश गर्ने प्रवेशद्वार छुट्टाछुट्टै निर्माण गरेर अस्पतालको सेवा पुनःसञ्चालन गरेका छौँ ।” अब अस्पतालमा उपचार गर्न आउँदा कुनै पनि डर मान्नुपर्ने अवस्था नरहेको अस्पतालले जनाएको छ ।
सामान्य उपचार गर्न पनि टाढा धाउनुपर्ने बाध्यतालाई ध्यानमा राखेर अस्पतालको नियमित सेवा शुरु गरिएको प्रमुख न्यौपानेले बताए । गल्याङ नगर अस्पतालको आइसोलेसनमा हालसम्म ५८ जना कोरोना रोगलाई जितेर घर फर्केको तथा अहिले १० सङ्क्रमितको उपचार भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
बेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु
बैशाख ३, २०८१ सोमबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार