त्रिवि उपकुलपति कार्यालयमा नेविसंघद्धारा तोडफोड
नेपालबहस संवाददाता
साउन २७, २०७७ मंगलबार १९:४४:१२
२७ साउन, काठमाडाैं । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय उपकुलपति, रजिष्ट्रार शिक्षाध्यक्षको कार्यालयमा तोडफोड गरेको छ। मंगलबार बिहान त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको कार्यालय तोडफोड भएको हाे ।
नेविसंघले आफूहरूका मागमा त्रिवि पदाधिकारीले वार्ता नगरेको र उच्च अदालत पाटनमा नेविसंघ नेताविरूद्ध मुद्दा दर्ता गरेको विरोधमा मंगलबार त्रिविका तीन कार्यालय र उपकुलपतिको कार्यालयको गाडीमा ढुंगा हानेर तोडफोड गरेका हुन्।
ढुंगा प्रहारबाट कार्यालयका झ्यालका सीसा फुटेको छ। गाडीमा पनि क्षति छ। नेविसंघ त्रिवि समितिका सचिव योगेन्द्र रावलविरूद्ध साउन १६ गते पाटन उच्च अदालतमा मुद्दा दर्ता भएको थियो। यसअघि नेविसंघले उपकुलपति कार्यालय लगायतमा ताला लगाएको थियो। पाटन उच्च अदालतले ताला खोल्न अनुमति दिएपछि कार्यालय खुलेका थिए। महेश्वरमान श्रेष्ठ र गणेशलाल श्रेष्ठले मुद्दा दिएका थिए।
उक्त मुद्दामा त्रिवि कार्यकारी परिषद, उपकुलपति कार्यालय, शिक्षाध्यक्ष कार्यालय, रजिष्ट्रार, जिल्ला प्रशासन कार्यालय काठमाडौं, प्रजातान्त्रिक प्राध्यापक संघ नेपाल, प्रजातान्त्रिक प्राध्यापक संघ नेपालका अध्यक्ष जगत तिमल्सिना, प्रजातान्त्रिक प्राध्यापक संघ नेपालका महासचिव राजेन्द्र गौतम, नेविसंघ त्रिवि सचिव योगेन्द्र रावल, राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघ अध्यक्ष उदयकिशोर तिवारी, राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघ उपाध्यक्ष गीता श्रेष्ठलाई प्रतिवादी बनाइएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता
बैशाख १२, २०८१ बुधबार
यी तीन प्रदेशमा आज मेघ गर्जनसहित वर्षा हुने
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता
बैशाख १२, २०८१ बुधबार
यी तीन प्रदेशमा आज मेघ गर्जनसहित वर्षा हुने
बैशाख १२, २०८१ बुधबार