हवाई सेवा सञ्चालनको वातावरण बनाउन आग्रह
नेपालबहस संवाददाता
साउन २८, २०७७ बिहिबार ०:०:१८
२८ साउन, काठमाडौं । वायुसेवा सञ्चालक सङ्घले लामो समयको बन्दाबन्दीले गर्दा हवाई उद्योग अब धराशयी हुने अवस्थामा पुगेको भन्दै आगामी भदौ १६ गतेदेखि हवाई सेवा सञ्चालनको वातावरण बनाउन आग्रह गरेको छ ।
सङ्घले आज एक विज्ञप्ति जारी गरी लामो समय हवाई सेवा बन्द हुँदा त्यसले प्रत्यक्ष आश्रित हजारौँ श्रमिकको आयस्रोतसँगै परिवारको रोजीरोटी बन्द भएकाले सञ्चालनको वातावरण बनाउन सरकारलाई आग्रह गरेको हो । सरकारले कोभिड–१९ महामारीको नियन्त्रण तथा रोकथामका लागि गत चैत ११ गतेदेखि आन्तरिक तथा बाह्य उडान बन्द गर्दै आएको छ ।
सरकारले यसअघि साउन ५ गते आगामी भदौ १ गतेदेखि हवाई सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हवाई उडान आगामी भदौ १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको थियो ।सरकारले पछिल्लो समय तोकेको १६ भदौको मितिमा पनि हवाई सेवा सञ्चालन नगरिए आन्दोलनमा जान बाध्य हुने सङ्घको भनाइ छ । विज्ञप्तिमा भनिएको छ, “आन्तरिक हवाई सेवा तत्काल सञ्चालनमा नल्याउने हो भने सेवा नै बन्द हुने भएकाले भदौ १६ देखि हवाई सेवा पुनः सञ्चालन नभएमा बाध्यतावश हामी आन्दोलिन हुने अवस्था सिर्जना हुनेछ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार
सवा २ खर्बले बढेर २३ खर्ब ८८ अर्ब पुग्यो सार्वजनिक ऋण
चैत ४, २०८० आइतबार
अर्थतन्त्र संकटमा छैनः अर्थमन्त्री
चैत ४, २०८० आइतबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार
सुदूरपश्चिम सरकारबाट नबाहिरए दलका नेता चौधरीलाई कारवाही गर्ने रञ्जिताको चेतावनी
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार