विभिन्न जिल्लाबाट लागूऔषधसहित ५ जना पक्राउ
नेपालबहस संवाददाता
साउन २८, २०७७ बिहिबार १:२७:६
२८ साउन, काठमाडौं । बर्दिया, गुलरिया नगरपालिका-४ तुलापुरबाट १ ग्राम १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित सोही नगरपालिका-४ बस्ने २१ वर्षीय आर्यन चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा से.२ प ८९०९ नम्बरको मोटरसाइकलमा सवार चौधरीलाई उक्त परिमाणको लागूऔषध र ३ हजार ७ सय ७० रुपैयाँ नगद सहित फेला पारी पक्राउ हो ।
सुनसरी, धरान उपमहानगरपालिका-२० कोका खोलाबाट ५ केजी अवैध लागूऔषध गाँजासहित धनकुटा पाख्रिबास नगरपालिका-८ बस्ने २९ वर्षीय सन्दिप राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट विष्णुपादुकाबाट खटिएको प्रहरीले राईलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलडाँडी गाउँपालिका-२ क्याम्पस्थित सडकबाट ४ ग्राम ९ सय ५० मिलिग्राम अवैध लागूऔषध खैरो हिरोईनसहित बेदकोट नगरपालिका-३ बिचपाटा बस्ने २० वर्षीय राकेश चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले उक्त परिमाणको लागूऔषध र १ थान मोबाइलसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
दाङ, गढवा गाउँपालिका-७ स्थित सडकबाट ५५ ग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा घोराही उपमहानगरपालिका-
१५ प्रतिभा टोल बस्ने २३ वर्षीय रिहा जुदिन र सोही उपमहानगरपालिका बालुवाटार बस्ने २२ वर्षीय अरमान धुनिँया रहेका छन् ।
ईलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा लु.३१ प १५७८ नम्बरको स्कुटरमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार