बाइडेन र ह्यारिसको संयुक्त सम्बोधन, ट्रम्पका नीतिहरु असफल
नेपालबहस संवाददाता
साउन २९, २०७७ बिहिबार १९:५५:२३
२९ साउन, एजेन्सी । अमेरिकी डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेन र उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले विगतको राजनीतिक प्रतिस्पर्धालाई विश्राम दिँदै राष्ट्रपति डोनाल्ड ट्रम्पको चरित्र र कार्यसम्पादनमाथि तिखो टिप्पणी गरेका छन् ।
विगतमा बाइडेन र ह्यारिसबीच अमेरिकी समाजका मुद्दाहरुलाई लिएर तिब्र मतभेद र विमती हुँदै आएको थियो । तर बाइडेनले उपराष्ट्रपति पदका लागि ह्यारिसलाई मनोनयन गरेसँगै दुबैबीच ऐतिहासिक पहिलो उपस्थिति भएको हो ।
बुधवार डेमोक्र्याटिक पार्टीका तर्फबाट टिकट सुनिश्चित भएका दुई उम्मेदवारको संयुक्त कार्यक्रममा कोरोना भाइरसका कारण तडकभडक हुन पाएन । अमेरिकी समाजमा राष्ट्रपति पदका उम्मेदवारलाई ठूलो जनसमूहले स्वागत र अभिवादन गर्ने प्रचलन रहे पनि कोरोनाभाइरसका कारण अति सानो संख्याका मानिसलाई मात्र उक्त कार्यक्रममा उपस्थित हुन दिइएको थियो ।
उपराष्ट्रपतिको उम्मेदवारी घोषणा कार्यक्रम एउटा माध्यमिक विद्यालयको खाली जिममा आयोजना गरिएको थियो । कार्यक्रममा चुनावी अभियानका सहयोगी र उम्मेदवारका परिवारको संख्याभन्दा संवाददाताहरुको संख्या बढी थियो ।
कार्यक्रममा बाइडेन र ह्यारिसले एक शताब्दीमा सबैभन्दा गम्भीर सार्वजनिक स्वास्थ्य संकटको सामना गर्न अमेरिका असमर्थ भएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेका थिए । ह्यारिसले ट्रम्प प्रशासनमाथि कडा शब्दमा निन्दा गरेका थिए ।
ह्यारिसले भने, “यो भाइरसले विश्वका सबैजसो मुलुकलाई असर पारेको छ । तर अरु विकसित मुलुकभन्दा अमेरिकालाई भाइरसले बढी आक्रान्त बनाएको छ र त्यसको कारण छ । यसको मूल कारण भनेकै भाइरस फैलिन थाल्नुअघि नै ट्रम्पको विफलताले अहिलेको विषम अवस्था सिर्जना भएको हो ।”
उनले भने, “हामीले उपयुक्त व्यक्ति नछान्दाको यो परिणाम हो ।” अमेरिकाको कुनै पनि प्रमुख दलबाट उपराष्ट्रपति पदमा टिकट प्राप्त गर्ने उनी पहिलो अश्वेत महिला हुन् । ह्यारिस र बाइडेन दुबैले ह्यारिसको छनौटप्रति खुशी व्यक्त गरेका थिए ।
राष्ट्रपति ट्रम्पले बिडेन–ह्यारिसको उम्मेदवारीमाथि विगतझैं कडा टिप्पणी गरेका थिए । उनले डेमोक्र्याट्सलाई अति उदारवादी तर त्यति प्रगतिशील नरहेको आरोप लगाए । उनले गत वर्षको प्राथमिक चुनावी अभियानमा दुबैबीच व्यापक असहमति रहेको पनि उल्लेख गरे ।
“ह्यारिसले बाइडेनमाथि निकै आपत्तिजनक शब्द प्रयोग गरेका थिए,” ट्रम्पले बुधबार भनेका छन । तर विल्मिङटनको समारोहमा बाइडेन र ह्यारिसले एक अर्काप्रति स्पष्ट स्नेह देखाएका छन् । दुबैले विगतमा सँगै काम गर्दाका अनुभव सुनाएका थिए । ह्यारिसले जाति र नागरिक अधिकारका मुद्दाहरूमा बाइडेनका योजनामा पूर्ण समर्थन र प्रतिरक्षा गर्ने संकेत गरेका छन् ।
बाइडेन–ह्यारिसको संयुक्त कार्यक्रम भएलगत्तै २४ घण्टाको अवधिमा चुनावी अभियानका लागि ठूलै धनराशि प्राप्त भएको भन्दै यसबाट दुबै उम्मेदवारमाथि ठूलो समर्थन रहेको देखाएको छ । बाइडेनले करिब एक लाख ५० हजार मानिसले पहिलोपटक चुनावी अभियानका लागि चन्दा दिएको बताए । २४ घण्टाको अवधिमा करिब २ करोड ६० लाख डलर संकलन भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिलिपिन्समा चरम गर्मीका कारण ६ को मृत्यु
बैशाख १२, २०८१ बुधबार
चीनका झण्डै आधा प्रमुख शहरहरूमा भासिने समस्या
बैशाख १२, २०८१ बुधबार
संयुक्त राष्ट्र प्रमुखद्वारा सन् २०२५ सम्म जलवायु कार्यका लागि विश्वव्यापी नेता परिचालन
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेश
बैशाख १२, २०८१ बुधबार
सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : पीडित अझै अस्थायी टहरामा
बैशाख १२, २०८१ बुधबार
वेस्ट इन्डिज 'ए' टिमको लगेज लोड गरेको गाडीको तस्बिर बन्यो भाइरल, क्यानको तीव्र आलोचना !
बैशाख १२, २०८१ बुधबार