सिम गाउँका २० परिवार विस्थापित
नेपालबहस संवाददाता
साउन ३०, २०७७ शुक्रबार १४:१६:३७
३० साउन, बाजुरा । साउन २५ गते अविरल वर्षासँगै बूढीगङ्गा नदीमा आएका बाढीका कारण जिल्लाको गौमूल गाउँपालिका–२ सिम गाउँको सिङ्गो बस्ती नै विस्थापित बनेको छ । बूढीगङ्गा नदीको मुहान गौमूल नजिकै पर्ने कुहुनाको पहिरोले नदी थुनिएर आएको बाढीका कारण सिमको सिङ्गो गाउँ नै विस्थापित बनेको हो ।
गाउँमा बसोबास गर्ने २० वटै परिवारका घर, पहिरोले बगाएर क्षति पु¥याएको गाउँपालिका उपाध्यक्ष सीता थापाले बताउनुभयो । २० परिवार बसोबास गर्ने सिङ्गो गाउँ नै सार्नु पर्ने गरी विस्थापित बनेको थापाको भनाइ छ । उपाध्यक्ष थापा नेतृत्वको टोलीले स्थलगत अनुगमन गरेको छ ।
अधिकांश घर भत्किसकेको र केही पहिरोले पुरिएको अवस्थामा रहेका छन् । २० वटै परिवार अहिले गाउँ नजिकैको खुला चौर र गोठखरकमा बास बसिरहेको अवस्था रहेको छ । नजिकै बस्नलाई सुरक्षित जमिन पनि नभएको र सोही स्थानमा बस्न पहिरोको डर भएकाले नयाँ विकल्प खोजी गर्न जरुरी रहेको उपाध्यक्ष थापाको भनाइ छ ।
तत्कालका स्थान्तरण गर्न जरुरी देखिए पनि दीर्घकालीन समाधानका लागि बस्ती नै सारेर अर्को विकल्प तय गर्नुपर्ने गाउँपालिकाको तयारी छ । घर पहिरोमा पुरिएर क्षति भए पनि स्थानीयलाई खान बस्नसँगै लगाउने कपडाको समेत समस्या देखिएको छ ।
गाउँको बीचको पुल बगाएर आवतजावत समस्या भएपनि स्थानीय सुरक्षित अवस्थामा रहेको पाइएको छ । सिमजस्तो उठिबास नै अजय टोट्की गाउँमा नभएको बताइएको छ । सिमका २० परिवारका लागि खान बस्नमात्र समस्या देखिएको छ ।
पालसहित खाद्यान्न र लत्ताकपडासहित आवश्यक छ । सिममा १२३ जनाको बसोबास छ । उनीहरु सबै घर बाहिर खुला आकाशमा बस्न बाध्य छन् । सिङ्गो बस्ती नै उठिबास भए पनि बालबालिका, वृद्धवृद्धा, गर्भपती तथा सुत्केरीका लागि बढी समस्या भएको छ ।
पाँच दिनसम्म राहत पाएनन्
अविरल वर्षाका कारण गौमूल गाउँपालिका–२ सिम गाउँमा बाढी पहिरोबाट विस्थापित परिवारले पाँच दिनसम्म राहत पाएका छैनन् । साउन २५ गते रातिको अविरल वर्षाका कारण गाउँको माथिबाट आएको पहिरोले २० परिवारका घर बगाएको गौमूल गाउँपालिका उपाध्यक्ष सीता थापाले बताए । पाँच दिनसम्म पालसमेत नपाएको पीडितले बताएका छन् ।
बूढीगङ्गा नदीको मुहान हँुदै आएको बाढी र कुहुर्नामा आएको पहिरोले बूढीगङ्गा नदी थुनिँदै आएकोले सिममा पनि नदी थुनिएर ताल बनेपछि सिम गाउँ नै विस्तापित भएको छ, खेतीयोग्य जमिन र गाउँ पूरै बगर बनेको छ ।
राहतको लागि गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकाया काठमाडौंमा धाइरहेका छन् । बाजुरा जिल्लाका प्रतिनिधि सभा सदस्य लालबहादुर थापालगायत बाजुरा जिल्लाका नेताको पहल भइरहेको गाउँपालिकाले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ कतारका अमिर थानीको नेपाल भ्रमणको तालिका
बैशाख ११, २०८१ मंगलबार
बालाजु बाइसधारा मेला आजदेखि सुरु, भक्तजनको घुईँचो
बैशाख ११, २०८१ मंगलबार
शुक्लाफाँटामा बढ्यो बाघको संख्या
बैशाख ११, २०८१ मंगलबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
लोकतन्त्रमा लोकको कल्याण होस्
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको स्वागतमा फेरियो काठमाडौंको स्वरुप (फोटोफिचर)
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
टुलुज फेस्टिभलमा उत्कृष्ट फिल्म बन्यो ‘१२ फेल’
बैशाख ११, २०८१ मंगलबार
राज्य कोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार