दलित समुदायका ६२ क्रियाशील पत्रकारको कोरोना बिमा
नेपालबहस संवाददाता
साउन ३१, २०७७ शनिबार १५:३९:५
३१ साउन, काठमाडौं । मूलधारका मिडियादेखि विभिन्न जिल्लामा कार्यरत क्रियाशील दलित पत्रकारको बिमा गरिएको छ । क्रियाशिल दलित पत्रकार संघ, नेपाल आड्जोनले विभिन्न मिडियामा कार्यरत दलित पत्रकारहरुको कोरोना बिमा गरेको हो ।
काठमाडौंँदेखि विभिन्न जिल्लामा कार्यरत क्रियाशील ६२ जना दलित पत्रकारहरुको बिमा गरिएको संघका सदस्य मिलन विश्वकर्माले बताए । उनका अनुसार पहिलो चरणमा ६२ जना दलित समुदायका पत्रकारहरुको बिमा गरिएको हो । दोस्रो चरणमा सबै क्रियाशील दलित पत्रकारको बिमा गरिनेछ ।
कोरोना महामारीको संक्रमण बढ्दै गएका बेला अग्रमोर्चामा रहेर काम गरिरहेका पत्रकारहरुको बिमा गरिएको क्रियाशील दलित पत्रकार संघकी अध्यक्ष पवित्रा सुनारले जानकारी दिइन् । यसअघिदेखि नै बिमाको प्रक्रिया शुरु गरिएपनि पछिल्लो समय संक्रमण बढेपछि यसलाई मुर्त रुप दिइएको हो ।
संघमा आवद्ध ६२ दलित पत्रकारको बिमा गरिएको हो । बिमा गरिने पत्रकारमा काठमाडौंसँगै प्रदेश २, कर्णाली र सुदुरपश्चिमका धेरै छन् । कोरोना संक्रमित क्षेत्रको जोखिम हेरेर पहिलो चरणमा दलित समुदायका पत्रकारको बिमा गरिएको अध्यक्ष सुनारको भनाई छ ।
बिमा गरिएका पत्रकारलाई कोरोना संक्रमण भएमा ५० हजार रुपैयाँ उपलब्ध गराइनेछ । दलितका मुद्दा र समुदायका पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि गठित क्रियाशील दलित पत्रकार संघ, नेपालले विभिन्न अन्तरक्रियात्मक छलफल तथा बहस गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार