शेयरबजारमा दोहोरो अंककाे गिरावट, प्राविधिक बिश्लेषण अनुसार कहाँ निर पाउला टेवा ?
आर्थिक संवाददाता
साउन ३२, २०७७ आइतबार २२:१०:५२
३२ साउन, काठमाडाैं । आज शेयरबजार खुलेदेखि नै बिक्रीकर्ता हावी हुँदा नेप्से परिसूचकमा १७ दशमलव ३३ अंककाे गिरावट आएको छ । नेप्से परिसूचक १ दशमलव २३ प्रतिशतले घट्दा १ अर्ब २५ करोड बराबरको शेयर कारोवार छ । नेप्से परिसूचक १३९१ दशमलव ४६ को विन्दुमा बन्द भएको छ ।
बजार सुरुवाती चरणमा आक्रामक रुपमा घटेपनि बजार खुलेको १५ मिनेट पश्चात केही समालिएको थियो । त्यसपश्चात बजार वृद्धि हुन् खोजे पनि बजारमा बिक्रीकर्ता नै हावी हुँदै शेयरबजारमा दोहोरो अंकको गिरावट आएको हाे । आजको बजार प्रवृत्तिले बियरिस मैनबत्तीको चित्र बनाएको छ। यसले बजारमा बिक्रेताको चाप रहेको जानकारी गराउँदछ ।
प्राविधिक विश्लेषण अनुसार नेप्से परिसूचकले पहिलो टेवा १३८० को क्षेत्रमा पाउने देखिन्छ भने दोश्रो टेवा १३६२ को क्षेत्रमा पाउने देखिन्छ।
आज बजार १४०७ को विन्दुमा खुलेकोमा बजारले ११ बजेर ११ मिनेटमा १३८१ दशमलव १७ को न्यून विन्दुसम्म पुगेको थियो । त्यस्तै आज बजारको उच्च विन्दु र सुरुको विन्दु एउटै रहेको छ । यसको अर्थ आज बजार खुलेदेखिनै बजार घट्दो प्रवृत्तिमा थियो ।
आज नेपाल बैंकको शेयर सर्वाधिक कारोवार भएको छ । नेपाल बैंकको ८ करोड १४ लाख बराबरको शेयर खरिदबिक्री भएको छ ।
साधना लघुवित्त, छ्याङदी हाइड्रोपावर, सिनर्जी पावर, हिमालयन दोलखा पावर र नेपाल बैंकको सर्वाधिक कमाउने ५ कम्पनी हुन भने सर्वाधिक गुमाउने ५ कम्पनीमा आखुँखोला जलविधुत, नेपाल इन्भेस्टमेन्ट संस्थापक शेयर, नेपाल इन्भेस्टमेन्ट बैंक, युनियन हाईड्रोपावर र अजोड इन्स्योरेन्स रहेका छन् ।
आज ट्रेडिङ्ग उपसुचकमा उपसुचकमा मात्र वृद्धि देखिएको छ । अन्य सबै उपसुचकमा गिरावट आएको छ ।
प्राविधिक बिश्लेषण :
प्रतिरोध २ः १४७५ । प्रतिरोध १ः १४३० । टेवा १ः १३८० । टेवा २ः १३६२
✍आज पनि शेयरबजारमा दोहोरो अंकको गिरावट रहेको छ। आजको बजार प्रवृत्तिले बियरिस मैनबत्तीको चित्र बनाएको छ। यसले बजारमा बिक्रेताको चाप रहेको जानकारी गराउँदछ ।
✍ दैनिकी अवधिमा “आरएसआई” ४८ दशमलब १९ को बिन्दुमा छ। यसको प्रवृत्तिले बजार सामान्य रहेको जानकारी दिएको छ।
✍ “एडीएक्स” र जोड / बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले बजारमा विक्रेताको चाप हुन थालेको जानकारी दिएको छ।
✍“अन ब्यालेन्स भल्यूम” ले पनि विक्रेताको चाप हुन थालेको जानकारी दिएको छ।
✍नेप्से बढेमा पहिलो प्रतिरोध १४३० को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १३८० को क्षेत्रमा पाउने देखिन्छ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
नेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
नेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार