संक्रमण बढेपछि ४० जिल्लामा निषेधाज्ञा !
नेपालबहस संवाददाता
साउन ३२, २०७७ सोमबार ४:१३:४१
३२ साउन, काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि ४० जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । ४० जिल्लाका जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले निषेधाज्ञा जारी गरेका हुन् ।
१२ दिनअघि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट सुरु भएको निषेधाज्ञा गोरखासम्म पुगिसकेको छ । अझै केही जिल्लामा निषेधाज्ञा जारी गर्ने क्रम चलेकै छ । तर कार्यान्वयन हुन बाँकी छ । सप्तरी, धनुषा, नुवाकोट, बाँके, महोत्तरी, सुनसरी, सर्लाही, स्याङ्जा, सिरहा, बर्दिया, बझाङ, मोरङ, दार्चुला, झापाले निषेधाज्ञा जारी गरिसकेका छन् ।
यस्तै कञ्चनपुर, काठमाडौं, ललितपुर, भक्तपुर, रौतहट, रुपन्देही, कैलाली, मकवानपुर, कपिलवस्तु, धादिङ, रुकुम पश्चिम, धनकुटा, तनहुँ, उदयपुर, सुर्खेत, चितवन, नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, बाग्लुङ र गोरखा जिप्रकाले अवधि तोकेर निषेधाज्ञा जारी गरेका छन् ।
बारा, पर्सा, जुम्ला, पाल्पा र रामेछापले सिल गरेका छन् । यस्तै पाल्पाको तानसेन नगरपालिका र रामेछापको रामेछाप नगरपालिकाले पनि निषेधाज्ञा गरेका छन् ।
यस्तै कोरोना भाइरसको संक्रमण बढेपछि देशका विभिन्न २८ वटा स्थानीय तहले लकडाउन घोषणा गरेका छन् । संक्रमितको संख्या साढे २६ हजार नाघेको छ भने १७ हजार निको भएका छन् । कोरोना नियन्त्रणमै रहेका बेला १ सय ५ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्नेस्टी इन्टरनेसनलले भन्यो, सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था
बैशाख १२, २०८१ बुधबार
उपचारका लागि आएका पुरुषको मलद्वारमा बोतल अड्किएको देखिएपछि...
बैशाख १०, २०८१ सोमबार
आगलागीमा घर जलेपछि दुई परिवारको बिचल्ली, लाखौँको क्षति
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
दैलेखमा एउटै बँदेलको टोकाइबाट सात जना घाइते
बैशाख ११, २०८१ मंगलबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : पीडित अझै अस्थायी टहरामा
बैशाख १२, २०८१ बुधबार
पर्सामा साना तथा घरेलु उद्योगमा महिला उद्यमीको स्वामित्व बढ्दै
बैशाख १२, २०८१ बुधबार
वागमतीको हिउदे अधिवेशन अन्त्य गर्न सिफारिस
बैशाख १२, २०८१ बुधबार
राष्ट्रिय महिला भलिबल खेलाडी चन्दलाई ५० हजार नगदसहित सम्मान
बैशाख १२, २०८१ बुधबार
जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !
बैशाख १२, २०८१ बुधबार