क्यानडाका अर्थमन्त्रीद्वारा राजीनामा
नेपालबहस संवाददाता
भदौ २, २०७७ मंगलबार १९:४६:२८
२ भदौ ,एजेन्सी । क्यानडाका अर्थमन्त्री बिल मोर्नीले आफू निकट सम्बन्ध रहेको एक सामाजिक संस्थालाई सरकारी कार्यक्रम दिलाउन भूमिका खेलेको आरोपमा छानबिन हुन थालेपछि राजीनामा दिएका छन् ।
प्रधानमन्त्री जस्टिन ट्रुडोको छविमै आँच आउने अवस्था सिर्जना भएपछि उनले मन्त्री सहित संसद पदबाट पनि राजीनामा दिएको समाचारमा जनाइएको छ ।
अहिले मन्त्री मोर्नीका परिवारका सदस्यहरुसँग डब्लुई च्यारिटी नामको संस्थाको सम्बन्धमा अनुसन्धान शुरु भएको छ, र प्रारम्भिक विवरणमा च्यारिटीसँग सम्बन्ध रहेका प्रमाणहरु सार्वजनिक भएका छन् ।
सरकारी अनुदानप्राप्त विद्यार्थी स्वयंसेवी कार्यक्रमका लागि डब्लुई च्यारिटीलाई ६७ करोड अमेरिकी डलरको एउटा कार्यक्रम संचालनको जिम्मेवारी दिइएको थियो ।
मन्त्री मोर्नीले आफूले विभिन्न भ्रमणका क्रममा डब्लुई च्यारिटीबाट यातायात खर्च बुझेको स्वीकार गरेका छन् । उनले संवाददाताहरुलाई भन्नुभयो, “म क्यानडाको अर्थमन्त्री र सांसद पद दुबैबाट राजीनामा दिँदैछु ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु
चैत १६, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार