जङ्गली बँदेलको आक्रमणबाट चार जना घाइते
नेपालबहस संवाददाता
भदौ २, २०७७ मंगलबार २२:३७:२
२ भदौ , महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–१० पथरीयामा आज जङ्गली बँदेलको आक्रमणबाट चार जना घाइते भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको बँदेलको आक्रमणबाट कञ्चनपुरको बेदकोट नगरपालिका–१० का ५० वर्षीय भोजबहादुर सार्की, १८ वर्षीय गुलसन सुनार, ४५ वर्षीय चैते सुनार र ४८ वर्षीय उदय रावल घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घाइतेहरुको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचार भइरहेको बताए । “जङ्गलबाट गाउँ पसेर खेतबारीमा काम गरिरहेकादेखि सडकमा हिँडिरहेका स्थानीयवासीलाई आक्रमण गरेको छ”, उनले भने, “यसअघि पनि सोही बँदेल गाउँमा आएर आक्रमण गरेको भन्ने पनि बुझियो ।”
घटनापछि थप क्षति हुन नदिन प्रहरीको टोलीले गोली हानेर बँदेल मारेको छ । “घटनापछि २÷४ सयको सङ्ख्यामा स्थानीयवासी जम्मा भए”, उनले भने, “बँदेलले थप मानवीय क्षति गर्नसक्ने आँकलन गरिएपछि मारिएको हो ।” स्थानीय प्रशासनसितको समन्वयमा थप क्षति हुन नदिन बदेल मारिएको प्रहरीले जनाएको छ । बँदेललाई प्रहरीले शुक्लाफाँटा निकुञ्ज प्रशासनको जिम्मा लगाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार