वाग्मतीका केही क्षेत्रमा चट्याङसहितको भारी वर्षा
नेपालबहस संवाददाता
भदौ २, २०७७ मंगलबार २२:४१:२३
भदौ , काठमाडौं । अहिले मुख्यतः वाग्मती प्रदेशको केही क्षेत्रमा चट्याङसहितको भारी वर्षा भइरहेको छ । नुवाकोट र धादिङ आसपासमा विकसित भएको मनसुनी बादलका कारण यस क्षेत्रमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् गङ्गा नगरकोटीले बताए ।
उहाँका अनुसार अहिले वाग्मती प्रदेशको उपत्यका तथा नुवाकोट, धादिङ, मकवानपुरमा मेघगर्जनसहित वर्षा भइरहेको छ भने त्यसभन्दा पश्चिमका भूभागमा हल्का वर्षा भइरहेको नगरकोटीले बताए । साँझ पछि केही कम हुने र राति फेरि अर्को बादल विकसित भई मनसुनी वर्षा गराउनेसमेत उनले बताए ।
कहिलेकाहीँ मुलुकको कुनै भागमा मेघ गर्जनसहित चट्याङ गराउने बादल विकसित हुने गर्छ । यसअघि पहिले नै जमिन गलिसकेकाले बाढी पहिरोको जोखिम हुने भन्दै सावधानी अपनाउन मौसमविद्ले अनुरोध गरेका छन् । यसपटक मनसुन सक्रिय भएपछि पहिरोका ठूला घटना भएको छ ।
हाल मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहनुका साथै भारतको मध्यप्रदेशमा बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेको छ । विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेश तथा आसपासका भू९भागका एक दुई स्थानमा वर्षा भएको छ ।
देशका केही स्थारुमा मेघगर्जन र चट्याङहित हल्कादेखि मध्यम वर्षाको हुने र उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार