सप्तरीमा थपियो भदौ १५ गतेसम्म निषेधाज्ञा
नेपालबहस संवाददाता
भदौ २, २०७७ मंगलबार २२:५८:१३
◊ धीरुभाइ
२ भदौ सप्तरी । विभिन्न राजनैतिक दल, नागरिक समाज, तथा जिल्ला संकट व्यवस्थान केन्द्रको संयुक्त बैठकबाट भएको सिफारिश अनुसार जिल्ला सुरक्षा समिति सप्तरीले जिल्लाभरी जारी निषेधाज्ञा आदेशलाई थप दुई साता निरन्तरता दिने निर्णय गरेको छ ।
जिल्ला सुरक्षा समितिको मंगलबार बसेको बैठकले अगामी भदौ १५ गते राती ११ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले जानकारी दिए । यस अघि गत २० गते बिहान ५ बजेदेखि २६ गतेसम्म जिल्लाभरी निषेधाज्ञा आदेश जारी गरेको थियो । त्यसपछि भदौ २ गते राती ११ बजेसम्मको लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको थियो ।
जिल्लामा २०० भन्दा बढी संख्यामा संक्रमित रहेको र दिनानुदिन संक्रमितको संख्या थपिदै गएकोले निषेधाज्ञालाई निरन्तरता दिनु परेको प्रजिअ आचार्यले बताए । कोभिड–१९ संक्रमणको अवस्था एवं जोखिम विशलेषणको आधारमाथि उल्लेखित ऐनहरुले दिएको अधिकार प्रयोग गरी यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा सूचनामा उल्लेख छ । निषेधाज्ञा कार्यान्वयन लगायत सम्बन्धि अन्य सम्पूर्ण व्योहोरा यसअघिको निषेधाज्ञामा उल्लेख भएबमोजिम यथावत रहने बताइएको छ ।
अघिको निषेधाज्ञा आदेशमा सजगता अपनाउन, संक्रमणको बिस्तारलाई रोक्न, तथा चेतनामूलक र प्रबन्धनात्मक कार्यहरु आवश्यक रहेको भन्दै कोभिड–१९ को संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रणको लागि अत्यावश्यक कार्य बाहेक कार्य नगर्न भनिएको थियो ।
निषेधाज्ञा आदेशमा औषधि पसल, खाद्यान्न, फुलफुल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र संचालन सम्वन्धि सेवा र मालसमान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, संचार सेवा, बैंकिङ्ग सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी संचालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डार र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युतीय सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन वर्कशप जस्ता अत्यावश्यक सेवाहरु बाहेक अन्य सेवा-स्थलहरुमा अनावश्यक आवत जावत, हिडडुल नगर्न-नगराउन भनिएको थियो ।
आदेशको उलंघन गर्ने ब्यक्तिलाई कानुन बमोजिम कारवाही गरिने ब्यहोरा सूचित गर्दै उल्लेखित सेवा अन्तर्गतका कार्यहरु समेत तोकिए बमोजिमका स्वास्थ्य सुरक्षा सतर्कता सम्बन्धी मापदण्डहरुको पूर्ण पालन हुने गरी मात्र गर्न गराउन सचेत गराइएको छ । सो नमानेमा प्रचलित ऐन, नियम कानुन वमोजिम कारबाही हुने उल्लेख थियो ।
मंगलबार जारी निषेधाज्ञामा निषेधाज्ञा कार्यान्वयनमा साथ र सहयोगका लागि सम्पूर्ण सप्तरीवासीमा धन्यवाद प्रकट गर्दै यस अवधिमा कुनै पनि धर्मको कुनैपनि चाडपर्व मनाउँदा यस निषेधाज्ञाको बर्खिलाप नहुने गरी घरमै सुरक्षित साथ त्यस्ता चाडपर्व मनाउन अनुरोध गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
भूमिहीन सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा बाँड्ने प्रक्रिया सुरु
चैत १४, २०८० बुधबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार
परम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार
एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार