कुटपिट गरी हत्या गरेको अभियोगमा ५ जना पक्राउ
नेपालबहस संवाददाता
भदौ ३, २०७७ बुधबार १९:४९:३३
२ भदौ, सुनसरी । भोक्राहा नरसिंह गाउँपालिका-७ बस्ने २२ वर्षीय गुणराज यादवको कुटपिट गरी हत्या गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ४२ वर्षीय दिनेश महत्तो, २० वर्षीय पप्पु राम, १९ वर्षीय शिव कुमार मेहता, १९ वर्षीय दिपक कुमार यादव र १९ वर्षीय प्रदिप राम रहेका छन् ।
गत साउन ३१ गते सोही गाउँपालिकास्थित सुनसरी खोलामा प्लाष्टिकको बोराभित्र करिब ५० केजीको ढुंगासहित बोराको मुख बाँधेर खोलामा फालेको अवस्थामा गुणराजको शव फेला परेको घटनाको अनुसन्धानको क्रममा खटिएको प्रहरीले उनीहरुकै घर ठेगानाबाट उनीहरुलाई पक्राउ गरेको हो ।
साउन २९ गते दिउँसो गुणराज घरबाट मोबाइल पसलमा काम छ भन्दै साथी शिव कुमार मेहतासँग इनरुवा बजार गएको, दुबै जनाले सोही ठाउँस्थित पारिजात स्कुल छेउमा मदिरा सेवन गरी गुणराजलाई इन्द्रजित यादवको घर पुर्याई शिवकुमार घरतर्फ गएपछि गुणराज ईन्द्रजितको घरमा केहिबेर बसेर आफ्नो घर जान भनि हिँडेकोमा घर नपुगेको र स्थानीयले भोलीपल्ट धान बारीमा रगत जस्तो पदार्थ देखेर जानकारी गराएपछि खटिएको प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।
स्थानीय युवतीबीचको प्रेम सम्बन्धलाई लिएर सोही ठाउँस्थित घन्सी बारीमा लुकेर बसेका उनीहरुले गुणराजलाई संवेदनशील अंग तथा टाउकोमा प्रहार गरी कुटपिट गर्नुको साथै नाईलनको डोरीले घाँटीमा बाँधेर हत्या गरी बोरामा ढुंगा र शव समेत बाँधी उक्त खोलामा फालेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
घटनास्थलबाट प्लाष्टिकको डोरी, चप्पल, पप्पुको हातमा लगाउने माला, प्रदिपको घाँटीमा लगाउने मालाका दानाहरु, मृतक गुणराजको औंठी, चोकरको बोरा, प्लाष्टिकको डोरी, मृतकको झोला लगायतका सामान बरामद भएको छ । उनीहरु उपर जिल्ला अदालत सुनसरीबाट ३ दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार