कोरोनाले बुधबार ७ जनाको मृत्यु
नेपालबहस संवाददाता
भदौ ३, २०७७ बिहिबार १:५७:१२
३ भदौ, काठमाडौं । बुधबार मात्रै कोरोना भाइरसको संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । पर्सामा दुई जनाको मृत्यु भएको छ भने काठमाडौं, भक्तपुर, मकवानपुर र सुनसरीमा एक एक जना गरी ७ जनाको मृत्यु भएको हो ।
वीरगञ्ज महानगरपालिका भिश्वा बस्ने ५७ वर्षीयको उपचारका लागि नारायणी अस्पतालमा लगिएकोमा मंगलबार दिउँसो ३ः३० बजे मृत्यु भएको हो । जिन एक्स्पर्ट विधिमार्फत कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो ।
वीरगञ्ज–४ विर्ता बस्ने ८४ वर्षीय कोरोना संक्रमित पुरुषको गण्डक अस्पतालमा उपचारका क्रममा मंगलबार राति मृत्यु भयो । सुनसरीमा ७१ वर्षीया महिलाको बुधबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै भक्तपुर, सूर्यविनायककी ६१ वर्षीया महिलाको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । यस्तै मकवानपुरको हेटौंडा उपमहानगरपालिका १ चौकीटोलकी ६१ वर्षका पुरुषमा मृत्युपछि संक्रमण पुष्टि भएको छ ।
काठमाडौं महानगरपालिका असनका ९४ वर्षका वृद्धको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । उनको यसअघि नै मृत्यु भएपनि आज मात्रै कोरोनाबाट ज्यान गएको पुष्टि भएको हो ।
वीरगञ्ज महानगरपालिका रेशमकोठीकी कोरोना संक्रमित ४० वर्षीया महिलाको वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचारको क्रममा बुधबार दिउँसो सवा ४ बजे मृत्यु भएको हो । यससँगैँ नेपालमा कोराना संक्रमणबाट मृत्यु हुनेको संख्या १२४ पुगेको छ ।
बुधबार मात्रै ६ सय ८१ जनामा संक्रमण पुष्टि भएको थियो । यससँगै नेपालमा कोरोना संक्रमितको २७ हजार नाघेको छ । यसमध्ये १८ हजार उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो समय संक्रमितको ज्यान जान थालेपछि सरकारले उपत्यकासहित विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार