वडाध्यक्ष नै तीजमा छमछमी नाँचेपछि…..
नेपालबहस संवाददाता
भदौ ४, २०७७ बिहिबार २१:२५:५
४ भदौ, स्याङ्जा । कानुन कार्यान्वयन गर्ने निकायका वडाध्यक्ष र कर्मचारी नै कानुन तोड्न आफै उद्दत हुन्छन् भने आम जनताले को बाट अपेक्षा गर्ने ? अहिेले यही प्रश्न गरिरहेका छन् स्याङ्जाको आँधीखोला गाँउपालिकाका स्थानीय जनताले ।
कोरोना महामारीले देशभर नै आक्रान्त पारेका बेला स्याङ्जाको आँधीखोला गाउँपालिकाका वडाध्यक्ष र कर्मचारीहरुले कोरोना मापदण्ड विपरित अफिस मै तीज कार्यक्रम मनाएपछि सामाजिक सञ्जाल भरि यो विषयले चर्चा पाएको छ ।गाउँपालिकाले हिजो बुधबार मात्रै कोरोना महामारीको जोखिम बढेको भन्दै भीडभाड नगर्न, नगराउन र सामाजिक दुरी कायम गरेर मात्रै दैनिक कामकाज गर्न सार्वजनिक सुचना नै जारी गरेको थियो ।
आफ्नै गाउँपालिकाले जारी गरेको सुचनाको मसी सुक्न नपाउँदै आँधीखोला गाउँपालिका वडा नं. २ का वडाध्यक्ष रामचन्द्र पौडेल र कर्मचारी तीजको दर खाने भन्दै वडा कार्यालयकै अफिसमा नाँचगानसहित रमाइलो गरेपछि कोरोना मापदण्डको उल्लंघन गरेको भन्दै स्थानीय विरोध गरेका छन् ।
जनप्रतिनिधिले सबैलाई सचेत तुल्याउनुको साटो आफै तीजको दर खाने भन्दै मान्छे भेला पार्नु गैरजिम्मेवारपन भएको पनि स्थानीयको भनाई छ । कोरोना महामारी फैलिएका बेला त्यसरी दर कार्यक्रम आयोजना गर्नुले कोरोना झन् फैलिन सक्ने भन्दै स्थानीय केही त्रसित समेत छन् ।
हिजो मात्र आँधीखोला गाँउपालिकाका निमित्त प्रशासक गेदुराम ढकालले सार्वजनिक सुचना प्रकाशन गर्दै भदौ ९ गतेसम्म गाँउपालिका भित्र अत्यावश्यक बाहेकका सबै कामकाजमा रोक लगाएको थियो । सो सुचनामा बाहिरबाट तीजका अवसरमा पाहुनाजन नबोलाउन, भीडभाड गरि भोजभतेर नगर्न तथा तीजको अवसरमा विभिन्न संघसंस्था, आमा समुह, क्लब एवं टोल विकास संस्थाहरुले आयोजना गर्ने गरेको तीज विशेष दर खुवाउने तथा अन्य सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रमहरु नगर्न नगराउन अनुरोध गरिएको थियो ।
तर सो सुचनाको ठिक उल्टो पालना गर्दै वार्ड नं २ का वडाध्यक्ष पौडेल आफै सहभागी भै नेपाल सरकारका कर्मचारी समेत ड्रेसमा, कार्यालय समयमा कार्यालय भित्रै तीजको कार्यक्रम भव्य रुपमा मनाएका छन् । संसारभरी यस्तो महामारी फैलिएको बेला स्वयम जनप्रतिनिधि र कर्मचारीको यस्तो हकर्तले जनसाधारणमा ठूलो त्रास फैलिएको स्थानीयको आरोप छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार