जलेश्वबाट ४२५ किलोग्राम मटर बरामद, तस्कर फरार
नेपालबहस संवाददाता
भदौ ४, २०७७ बिहिबार १९:४४:५५
४ भदौ, जलेश्वर । महोत्तरी प्रहरीले आज बिहान नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा ४२५ किलोग्राम मटर बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वर नगरपालिका–३ स्थित भारतीय सीमा नजिकै रहेको मलिवारा गाउँबाट २५० किलोग्राम र सीमा नजिकै रहेको एकडारा गाउँपालिका–४ स्थित हलखोरी गाउँबाट १७५ किलोग्राम मटर बरामद गरिएको हो ।
दुवै स्थानमा १७ वटा बोरामा राखेर नेपालबाट भारत लैजानका लागि राखिएको ती मटर प्रहरीको गस्ती टोलीले बरामद गरेको हो । तस्करहरु प्रहरीलाई देखेर भागेका छन् ।
बरामद मटर प्रहरीले आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी गरिरहेको जनाइएको छ । पछिल्ला दिनमा महोत्तरीको सीमा भएर नेपालबाट भारततर्फ मटर चोरी निकासी हुने क्रम निक्कै बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइप्रका हिरासतमा छन सहकारीको १ अर्ब बढी ठगेको आरोपमा बुटवल ल्याइएका दीपेश पुन
चैत ३, २०८० शनिबार
काली कम्बल वाले बाबा फरार, आयोजकलाई समात्न खोज्दा झडप
आबिद हुसेन
चैत ४, २०८० आइतबार
विनोद चौधरीलाई पक्राउ गर्ने सीआईबीको तयारी
नेपालबहस संवाददाता
चैत ४, २०८० आइतबार
जीवन चलाउने कि प्रहरीका उच्च अधिकारी खेलाउने ? सुनौँ अडियो
नेपालबहस संवाददाता
चैत ५, २०८० सोमबार
प्रहरी हिरासतमा रहेका महरालाई उपाध्यक्ष पदबाट राजीनामा दिन प्रचण्डको दवाव
चैत ६, २०८० मंगलबार
दैनिक हनुमान चालिसा पाठ गर्नुहोस्, जीवनमा आश्चर्यजनक लाभहरू पाउनुहुनेछ
चैत ६, २०८० मंगलबार
कुमारी बैंकमा रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर ! यस्ता छन् यसका फाइदा
चैत ६, २०८० मंगलबार
स्काइवाक टावरको टिकटमा नबिल बैंकका ग्राहकलाई विशेष छुट
चैत ६, २०८० मंगलबार
आदर्शका गफ छाट्ने ठाकुरबाबा नगरपालिकामा छैन दमकल
चैत ६, २०८० मंगलबार
राष्ट्रपति रनिङ शिल्ड मेयर सिंहलाई हस्तान्तरण
चैत ६, २०८० मंगलबार
गठबन्धनको साझा कार्यक्रम: १३ विषयको उठान, ढर्रा पुरानै
चैत ६, २०८० मंगलबार
बेगनास तालमा प्रथम राष्ट्रिय ड्रागन बोट दौड प्रतियोगिता हुने
चैत ६, २०८० मंगलबार