आज यात्रु तथा कार्गोका लागि ६ अन्तर्राष्ट्रिय उडान
नेपालबहस संवाददाता
भदौ ४, २०७७ शुक्रबार १:३४:२
४ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज यात्रु तथा कार्गो गरी जम्मा ६ अन्तर्राष्ट्रिय उडान भएका छन् । नेपाल वायु सेवा निगम ‘नेपाल एयरलाइन्स’ र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले यात्रु तथा उद्धार उडान गरेका हुन् ।
हिमालय एयरलाइन्सले ढाकाबाट २४ यात्रु ल्याएको छ । सो एयरलाइन्सले काठमाडौंबाट ढाकाका लागि १२३ यात्रु लगेको थियो । नेपाल एयरलाइन्सले चीनको कुनमिङबाट २२ हजार ७६७ केजी कार्गो ल्याएको छ । सोही एयरलान्सको जहाज आजै सुडान प्रस्थान गरेको छ । यात्रु वा कार्गो ल्याउने खुलाइएको छैन ।
त्यस्तै लनमेइ एयरलाइन्सले कम्बोडियाबाट १५ हजार ४५३ केजी कार्गो नेपाल ल्याएको छ भने यहाँबाट १० हजार ९६० केजी कार्गो कम्बोडिया लगेको छ । श्रीलंकन एयरलाइन्सले कोलम्बोबाट १७ हजार ५५५ केजी कार्गो नेपाल ल्याएको छ । फर्किदा २१ हजार ३३ केजी कार्गो लगेको छ । कतार एयरवेजले दोहाबाट आठ हजार १८३ केजी कार्गो नेपाल ल्यायाएको छ ।
शुक्रबारका लागि जम्मा दुई अन्तर्राष्टिय उडान हुनेछन् । नेपाल एयरलाइन्स सुडानबाट राति ८ः४५बजे काठमाडौँ आइपुग्नेछ । कतार एयरवेज अपरान्ह काठमाडौं विमानस्थलमा अवतरण गर्ने विमानस्थल कार्यालयको तालिका रहेको छ । आज आन्तरिकतर्फ तारा, समिट, मनाङ, कैलाश हेली एयर, एयर डाइनेष्टीले विभिन्न गन्तब्यमा आठ उडान गरेका छन् ।
सरकारले विदेशबाट फर्कने नेपालीलाई व्यवस्थापन गर्न क्वारेन्टिनको व्यवस्था नभएको भन्दै उद्धार उडान अनिश्चितकालका लागि स्थगित गरेको छ । भदौँ १ देखि १५ सम्म उद्धार उडान गर्ने कार्यतालिका बनाइएपनि धमाधम एयरलाइन्सले ती उडान तालिका रद्द गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार