आज प्रदेश नं १ मा ४२ सङ्क्रमित थपिए
नेपालबहस संवाददाता
भदौ ४, २०७७ शुक्रबार २:५७:४२
४ भदौ, विराटनगर । प्रदेश नं १ मा आज ४२ जना कोरोना सङ्क्रमित थपिएका छन् । विगत तीन दिनको सङ्क्रमित हेर्दा भदौ २ गते १३९ जना र ३ गते १२३ जना सङ्क्रमित भएका थिए ।
आज सङ्क्रमित हुनेमा १३ महिला र २९ पुरुष छन् । जसमा सुनसरीका १२, मोरङका १०, तेह्रथुमका नौ, उदयपुरका तीन, धनकुटा र झापामा एक÷एक जना छन् भने प्रदेश बाहिरका छ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कोरोना सङ्क्रमित देखिनेमा सुनसरीको धरानका तीन महिला तीन पुरुष, कोशी गाउँपालिकाका चार पुरुष, रामधुनी र दुहवीका एक-एक पुरुष, मोरङको बुढीगंगाका दुई महिला दुई पुरुष, सुन्दरहरैचाका एक महिला पाँच पुरुष, तेह्रथुम म्याङलुङका तीन महिला छ पुरुष, उदयपुरको त्रियुगाका एक महिला तीन पुरुष, धनकुटाको शहीदभूमि र झापाको गौरीगञ्जका एक÷एक पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार प्रदेश बाहिरका महोत्तरीका दुई महिला एक पुरुष, धनुषा र जनकपुरका एक-एक पुरुष र सिरहाका एक महिलामा कोरोना सङ्क्रमण दखिएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ३९७ पुगेको छ । कोरोनाबाट मुक्त हुने १८ जना आज घर फर्केका छन् । घर फर्कनेमा कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट १४ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट चार जना छन् ।
यस प्रदेशमा आज एक हजार ५०७ जनाको पीसीआर परीक्षण भएको छ । भदौ २ गते दुई हजार ६३१ जना र भदौ ३ गते एक हजार ९४१ जनाको पिसीआर परीक्षण भएको थियो । हालसम्ममा पिसीआर परीक्षण हुनेको सङ्ख्या ७३ हजार ५५३ भएको सामाजिक विकास मन्त्रालयल जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेलबाट अस्पताल पुर्याइएका रायमाझीको मुटुको चाल कम
चैत १५, २०८० बिहिबार
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश, रिट जारी
चैत १२, २०८० सोमबार
चुनौती बन्दै क्षयरोग, नेपालमा ७० हजार बढी विरामी
चैत ११, २०८० आइतबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार