पत्रकार समुन्द्र पौडेलको निर्देशनमा ‘बिरानो देश’
नेपालबहस संवाददाता
भदौ ५, २०७७ शुक्रबार १७:८:४०
५ भदौ, तनहुँ । तनहुँका पत्रकार समुन्द्र पौडेलको निर्देशनमा तयार भएको बिरानो देश बोलको गीतको भिडियो सार्वजनिक भएको छ । ओएसआर इन्टरटेनमेन्टबाट सार्वजनिक भएको गीतमा बैदेशिक रोजगारीको क्रममा नेपाली युवाहरुले भोग्नु परेको कथाबस्तुलाई समेटिएको छ ।
गायक नवराज थापाको स्वर र संगीत रहेको गीतको शब्द पत्रकार अमरराज नहर्कीले कोरेका हुन । भिडियोमा सुदीप पौडेल, पुजा केशीले मुख्य कलाकार रुपमा भूमिका निर्वाह गरेका छन भने बोलप्रसाद सुवेदी, तुलसीमाया सुवेदी, सुबास जैसी, तुलसीराम पाण्डे लगायतको समेत अभिनय रहेको छ ।
सुदीप पौडेलको यो पाँचौ म्युजिक भिडियो हो भने मोडलिंङमा सक्रिय पुजा केशीले बिरानो देशबाट म्युजिक भिडियोमा प्रवेश गरेकी हुन । गीतले बैदेशिक रोजगारीमा जानेको कथाबस्तुलाई समेटेको गीतकार नहर्कीले बताए । ‘बिरानो देश नेपाली गाउँघरको सामाजिक कथाबस्तु हो,’ उनले भने, ‘गीतले बिदेशको दुखलाई औलाउँदै स्वदेशमा नै केही गर्नुपर्छ भन्ने भावनाको समेत बिकास गर्छ ।’
अमित गुरुङको संगीत संयोजन रहेको गीतको सम्पादन सिजन बज्राचार्यले गरेका हुन । प्रभा नहर्कीको प्रस्तुती रहेको गीतको भिडियो छायांकन रमेश पौडेल, ड्रोन महेश वाग्ले र भिडियो सम्पादन सुबास अम्गाईले गरेका छन । गीतको शब्द अनुसार भिडियोलाई प्रस्तुत गर्ने प्रयास गरिएको निर्देशक समुन्द्र पौडेलले बताए ।
‘बिदेशमा रोजगारीमा जाने क्रममा धेरैले ज्यान गुमाउनु परेको अबस्था छ,’ उनले भने, ‘बिदेशमा गएका युवा र उनको परिवार बिचको भावनालाई भिडियोमा उतार्न कोसिस गरेका छौ । भिडियोलाई तनहुँका विभिन्न भागमा छायांकन गरिएको निर्माण पक्षले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाहित्य एवं कथाकार परशु प्रधानको निधन
चैत ६, २०८० मंगलबार
आजदेखि काठमाडौंमा कला उत्सव
मंसिर १६, २०८० शनिबार
आज महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झने दिन
कात्तिक २७, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार