मेस्सीलाई बेच्ने बार्सिलोनाको तयारी
नेपालबहस संवाददाता
भदौ ५, २०७७ शनिबार ४:५३:२०
५ भदौ, एजेन्सी । आधुनिक फूटबलका जादु भनेर चिनिएका लियोनल मेस्सीलाई बेच्ने बारेमा स्पेनिस क्लब बार्सिलोनाका पदाधिकारीबीचमा बहस शुरु भएको छ । मेस्सीको बढ्दो उमेर र प्रदर्शनका विषयमा असन्तुष्ट रहदै बोर्डका पदाधिकारबीच मेस्सीलाई बेच्ने विषयमा छलफल शुरु भएको फुटबल समाचार एजेन्सीले बताएका छन् । शूरुदेखि नै बार्सिलोनाका लागि खेलिरहेका मेस्सीलाई बेच्नेबारेमा बोर्डका पदाधिकारीबीच पहिलोपटक छलफल भएको हो । जसलाई महत्वका साथ हेरिएको छ ।
बार्सिलोना लगातार पाँचौ पटक च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाटै आउट भएपछि क्याटलान क्लबमा मेस्सीमाथि प्रश्न उठेको छ । यसअघि बार्सिलोनाले सन् २०१५ मा च्याम्पियन्स लिग जितेको थियो । त्यसयता क्लबले तीन पटक ला लिगा उपाधि जितेपनि च्याम्पियन्स लिगको नजिक पनि पुग्न सकेको छैन् ।
यसपटक क्वाटरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग ८-२ को फराकिलो अन्तरले टिम पराजित भएपछि बार्सिलोनामा एक किसीमले भूकम्प गएको छ । यो नतिजाका पछाडी क्लबमा खेलाडीको उमेर, प्रदर्शन र मेस्सीको घमण्ड कारक रहेको भनिएको छ ।
मेस्सीले पछिल्लो समय आफैले पनि जादुयी प्रदर्शन गर्न नसकेको, टिमलाई मिलाउन नसकेको, प्रशिक्षकसँग राम्रो सम्बन्ध बनाउन नसकेको र बोर्डका पदाधिकारीसँग पनि बढी माग राखेर विवाद मात्रै सिर्जना गरेको आरोप छ । मेस्सीको बढ्दो उमेर र खस्किदो प्रदर्शनका कारण बार्सिलोनाले पहिलोपटक उनलाई बेच्ने बारेमा छलफल शुरु गरेको हो ।
हाल ३३ बर्षका मेस्सीले क्षमताअनुसार प्रदर्शन गर्न नसक्दा यसै सिजन वा कम्तीमा अर्को सिजन क्लबबाट बाहिरिन सक्ने अनुमान गरिएको छ । यसअघि रोनाल्डोले सन् २०१७ को सिजनमा गतिलोसँग गोल गर्न मात्रै नसक्दा रियल मड्रिडले उनलाई बेचिदिएको थियो ।
लगातार तीन पटक च्याम्पियन्स लिग जितेका रोनाल्डोले एक सिजन लय गुमाउँदा क्लब नै छाड्नुपरेको थियो । रोनाल्डो रियल छाडेर युभेन्ट्स गएपछि ला लिगामा मेस्सीको भाग्य पनि चम्किन सकेको छैन भने विस्तारै प्रदर्शन पनि ओरालो लाग्दै गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
लुम्बिनीका ७ जना मन्त्रीले पाए जिम्मेवारी
बैशाख १२, २०८१ बुधबार
बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु
बैशाख १२, २०८१ बुधबार
दयाहाङ र मिरुनाको फिल्म 'घरज्वाइँ' को पोस्टर सार्वजनिक
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा सयभन्दा बढी घरमा सल्कियो आगो
बैशाख १२, २०८१ बुधबार
नेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
राती १२ बजेपछि मौन अवधि सुरु, सामाजिक सञ्जालसमेत प्रयोग गर्न नपाइने
बैशाख १२, २०८१ बुधबार