अन्नपूर्ण गाउँपालिकामा ʿएक व्यक्ति, एक मास्कʾ अभियान
नेपालबहस संवाददाता
भदौ ६, २०७७ शनिबार १५:३४:२१
६ भदौ, गण्डकी । कोभिड–१९ को सङ्क्रमण बढिरहेका अवस्थामा कास्कीको अन्नपूर्ण गाउँपालिका ʿएक व्यक्ति, एक मास्कʾ अभियानसहित जनताको घरदैलोमा पुगेको छ । गाउँपालिकालाई कोरोना भाइरसको सम्भाव्य जोखिमबाट जोगाउने लक्ष्यका साथ एक व्यक्ति एक मास्क अभियानलाई अनिवार्य गराउँदै ११ वटै वडामा पुगिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताए।
उनका अनुसार गाउँपालिका भित्र हालसम्म ३५ हजार मास्क वितरण गरिसकिएको छ भने थप ३५ हजार वितरण गर्ने तयारी गरिएको छ । भाइरसको सङ्क्रमणबाट जोगिनका लागि सर्वसाधारणलाई सचेत गराउन यसको जोखिम, बच्ने उपाय लगायतका विषय समेटिएको एक हजार ५०० ब्रोसर वितरण गरिएको उनले बताए । स्वास्थ्य सजगता र हात धुन सर्वसाधारणलाई अभिप्रेरित गर्न सात हजार ३० साबुन वितरण गरिएको छ ।
अभियानमा जनप्रतिनिधि, टोल विकास संस्था, आमा समूह, विद्यालयका शिक्षक लगायतलाई परिचालन गरिएको छ । अभियान प्रभावकारी बनेको उल्लेख गर्दै अध्यक्ष कुँवरले सर्वसाधारणको भाइरसप्रतिको सजगता बढेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
रास्वपाको फ्रेम भित्र नयाँ भ्रष्टाचार !
विनोद त्रिपाठी
बैशाख २, २०८१ आइतबार
दूषित राजनीति संग्ल्याउन अब डा. शेखर नेतृत्वमा सरकार !
यज्ञप्रसाद भट्टराई
बैशाख २, २०८१ आइतबार
कुनै विधि काम नलाग्ने भएपछि पदबाट राजीनामा दिने मनस्थितिमा गृहमन्त्री लामिछाने
बैशाख ४, २०८१ मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
बैशाख ४, २०८१ मंगलबार
म्याक्सवेलले लिए आइपीएलबाट अनिश्चितकालीन विश्राम
बैशाख ४, २०८१ मंगलबार
प्रहरीले तामेलीमा राख्यो एमाले नेता महेश बस्नेतविरुद्ध परेको बलात्कारको मुद्दा
बैशाख ४, २०८१ मंगलबार
मुख्यमन्त्री दावीका लागि सुदूरपश्चिम प्रदेश प्रमुखले थपे २ दिन
बैशाख ४, २०८१ मंगलबार
धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रमा लगानी गर्न निजी क्षेत्र तयार : अध्यक्ष ढकाल
बैशाख ४, २०८१ मंगलबार
यो समीकरणमा केही भए लौ बर्बाद भयो भन्ने नठान्नु: ओली
बैशाख ४, २०८१ मंगलबार
सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई बञ्जी जम्पमा १५ सयसम्म छुट
बैशाख ४, २०८१ मंगलबार
माछापुच्छ्रे बैंकको लुम्बिनी प्रदेशमा आफ्नै कार्यालय भवन
बैशाख ४, २०८१ मंगलबार