पर्वतको बर्राचौरमा १९ करोडको अस्पताल बन्दै
नेपालबहस संवाददाता
भदौ ६, २०७७ आइतबार ०:५९:३३
६ भदौ, पर्वत । विकट गाउँमा सुविधासम्पन्न अस्पताल निर्माण गर्न थालिएको छ । बिहादी गाउँपालिका वडा नं २ बर्राचौरमा १५ श्ययाको सुविधासम्पन्न अस्पताल निर्माण हुने भएको हो । अहिलेसम्म सदरमुकाम कुश्माबजारमा मात्र १५ श्ययाको अस्पताल रहेको थियो ।
नेपाल सरकारमार्फत रु १९ करोड लगानीमा अस्पताल निर्माणको प्रक्रिया शुरु भएको वडा नं २ का वडाध्यक्ष ओमप्रकाश कुँवरले जानकारी दिए । अस्पताल निर्माणका लागि बोलपत्र आह्वान भइरहेको छ ।
सुविधासम्पन्न अस्पताल नहुँदा दक्षिण पर्वतका नागरिक सामान्य उपचारका लागि पनि पाल्पा, पोखरा, बुटवललगायतका ठाउँमा जान बाध्य छन् । अब भने अधिकांश सेवासहितको अस्पताल बन्ने भएपछि त्यस क्षेत्रका नागरिकलाई सहज हुने अध्यक्ष कुँवरले बताए ।
अस्पताल बनाउनका लागि स्थानीय आठ व्यक्तिले निःशुल्करूपमा जग्गादान गरेका छन् । स्थानीय डोलेन्द्र गिरी, भूपेन्द्रनाथ पौड्याल, इन्द्रकला पौड्याल, सुशीला गिरी, होमनाथ गिरी, राम गिरी, कृष्ण गिरी र खगेश्वर भट्टराईले निःशुल्करूपमा जग्गादान गरेका हुन् ।
गाउँपालिकाका अध्यक्ष कमल भुषालले यस्तो विकट गाउँमा सुविधासम्पन्न अस्पताल निर्माण हुनु गौरवको कुरा भएको उल्लेख गर्दै सामान्य शल्यक्रिया तथा सुत्केरी हुन पनि पाल्पा, बुटवल, पोखरा जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गरे । उनले समयमै अस्पतालको निर्माण पूरा गर्न गाउँपालिकाले नियमित सहजीकरण गर्ने बताए । अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गरिने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
सुर्खेतमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने
बैशाख १३, २०८१ बिहिबार
राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन
बैशाख १३, २०८१ बिहिबार
यस वर्ष लुबाट थाइल्यान्डमा ३० जनाको मृत्यु, तातो मौसमको चेतावनी जारी
बैशाख १३, २०८१ बिहिबार
भलिबल प्रतियोगितामा सहभागी हुन खेलाडी तथा प्रशिक्षक बङ्गलादेश प्रस्थान
बैशाख १३, २०८१ बिहिबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
जाभी हर्नानडेज बार्सिलोनाको प्रशिक्षकमा रहिरहने
बैशाख १३, २०८१ बिहिबार