भोजपुरमा तीन प्रहरीमा कोरोना पुष्टि
नेपालबहस संवाददाता
भदौ ६, २०७७ आइतबार २:४०:१९
६ भदौ, भोजपुर । भोजपुरमा तीन जना प्रहरीमा कोरोना सङ्क्रमण देखिएको छ । पीसीआर रिपोर्ट पोजेटिभ हुनेमा सप्तरीका २० वर्षीय पुरुष, मोरङका २६ वर्षीय पुरुष र धनकुटाका २५ वर्षीय पुरुष प्रहरी रहेका छन् ।
यही भदौ २ गते विराटनगरबाट सरुवा भएर आएका उनीहरुलाई जिल्ला प्रवेश गर्नुपूर्व अरुण गाउँपालिका–६ जरायोटारमा निर्माण गरिएको होल्डिङ एरियामा राखिएको थियो । होल्डिङ एरियामा राखेर पीसीआर परीक्षण गरिएकामा रिपोर्ट पोजेटिभ आएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइँटेलले बताए ।
यही भदौ ३ गते उनीसहित जरायोटारको होल्डिङ एरियामा रहेका ३० जना र जिल्लामा अग्रपङ्क्तिमा खटिने अस्पतालका स्वास्थ्यकर्मी, बिदामा गएर फर्किएका कर्मचारी, पत्रकार, सवारी चालक गरी ६८ जनाको नमूना सङ्कलन गरी परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकामा तीन जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार