प्रदेश सरकारको सहयोगमा पीसीआर प्रयोगशाला सञ्चालन हुँदै
नेपालबहस संवाददाता
भदौ ६, २०७७ आइतबार २:५०:४९
६ भदौ, बैतडी । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा यहाँ कोरोना परीक्षणका लागि पीसीआर प्रयोगशाला सञ्चालनको तयारी गरिएको छ । जिल्ला अस्पतालमा सञ्चालनको तयारी भएको प्रयोगशालाका काम अन्तिम चरणमा पुगेको छ ।
प्रगोगशाला सञ्चालनका लागि आवश्यक पर्ने भौतिक संरचनाको काम ९० प्रतिशतभन्दा बढी भएको जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए । प्रयोगशालाका लागि टाइलिङ, वायरिङ, आल्मोनियम पार्टेसनलगायत गरी ९० प्रतिशत काम सम्पन्न भएको छ । उनले भने, “भदौ १२÷१३ गतेदेखि पीसीआर परीक्षण गर्ने गरि काम धमाधम भइरहेको छ ।”
प्रयोगशालाका लागि गत साउन २१ गते मेशिन बैतडी भित्रिएको छ । उनले भने, “मेशिन जडानको काम पनि थाल्ने तयारीमा छौँ ।” प्रयोगशालामा आवश्यक पर्ने जनशक्ति भर्ना गरिरहेको जिल्ला अस्पतालले जनाएको छ । प्रयोगशालाका लागि कर्मचारी यही भदौ ७ गते छनोट हुने र त्यसपश्चात मेशिन जडानको काम हुने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु
बैशाख ३, २०८१ सोमबार
नगर अस्पतालमा अब चौबीसै घण्टा डाक्टर सेवा उपलब्ध
चैत २७, २०८० मंगलबार
साढे दुई अर्ब लागतमा कटहरीमा अस्पताल बन्दै
चैत २६, २०८० सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार