धुलिखेलमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला
नेपालबहस संवाददाता
भदौ ७, २०७७ आइतबार १४:१४:३३
७ भदौ, काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेलमा शनिबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला प्रयोगमा आएको छ । कोरोनाको सङ्क्रमणदर बढ्दै गएको अवस्थामा सो रोगको परीक्षणका लागि स्थापना गरिएको प्रयोगशालाको अवस्थाबारेमा वाग्मती प्रदेश सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी लिएका छन् ।
सो क्रममा मन्त्री दुलालले काभ्रेपलाञ्चोकलगायत आसपासका जिल्लामा सेवा कार्यालय स्थापना गर्ने सरकारको नीतिअनुसार प्रादेशिक प्रयोगशाला धुलिखेलमा स्थापना गरिएको बताए । स्थापना भएको प्रयोगशालाबाट विभिन्न रोगको परीक्षण र पहिचान गर्न सकिने गरी काम अगाडि बढाइएको उनले बताए ।
प्रादेशिक जनस्वास्थ्य कार्यालयका निमित्त जनस्वास्थ्य निर्देशक नारायण कार्कीले शनिबारदेखि परीक्षण मेशिन चलेको बताए । काभ्रेपलाञ्चोकलगायत सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र भक्तपुर जिल्लालाई समेट्ने गरी स्थापना भएको प्रयोगशालामा दैनिकरूपमा ५०० भन्दा बढीको परीक्षण गर्न सकिने निमित्त निर्देशक कार्कीले बताए । प्रयोगशालामा सात जनशक्तिले सेवा दिने जनाइएको छ ।
मेशिन सञ्चालनमा आए पनि स्वाब परीक्षणका लागि नमूना सङ्कलन आजदेखि मात्रै हुने कार्कीले बताए । वाग्मती प्रदेश सरकारकोे प्रदेश राजधानी हेटाँैडामा भए पनि प्रादेशिक केन्द्रीय प्रयोगशाला धुलिखेलमा स्थापना भएको उनले बताए ।
जनस्वास्थ्य प्रयोगशालाका लागि हाललाई नगरपालिकाले भवनको व्यवस्थापन गरेको र बाँकी पूर्वाधार नगरपालिका र प्रदेश सरकारको साझेदारीमा भएको धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जूले बताए । त्यसलाई थप व्यवस्थित बनाउनका लागि नगरपालिकाले जग्गाको व्यवस्थापन गर्ने र भवन निर्माणको काम प्रदेश सरकारले गर्ने भएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
इँटाभट्टामा मान्छे जिउँदै जलाएको प्रकरण : पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार