चार दिनदेखि अँध्यारोमा बास
नेपालबहस संवाददाता
भदौ ७, २०७७ आइतबार १६:४६:३६
७ भदौ, पाल्पा । विद्युत् आपूर्तिमा समस्या देखिएपछि यहाँका स्थानीय बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवामा विद्युत् मिटरबक्स र कालोतार जलेपछि रातमा चार दिनदेखि अँध्यारोमा बस्न बाध्य भएका छन् ।
बिहीबार राति जुठा र नेपाने बीचमा पर्ने लेखटोलमा हावाहुरीका कारण विद्युत्का मिटरबक्स, कालो तार नोक्सान भएको स्थानीय बासिन्दा तथा वडा सदस्य रुपक पुनले बताए । विद्युत् नहुँदा बस्ती नै अँध्यारोमा रहेको पुनले बताए ।
विद्युत् नहुँदा मोबाइल, रेडियो, टेलिभिजन तथा सामाजिक सञ्जालको प्रयोग गर्नबाट स्थानीय बासिन्दा वञ्चित भएका छन् । वडासचिव हुमबहादुर कँुवरले २३ घरका विद्युत् मिटरबक्स र ७० घरका कालोतार जलेर क्षति भएको बताए । क्षतिको विवरण अझै बढ्नसक्ने बताइएको छ ।
गाउँपालिका अध्यक्ष रामबहादुर कार्की क्षतिग्रस्त क्षेत्र पटुवाचोर, खुनधारा र नेपानेलगायतका बस्तीका पिडीतलाई कालोतार र विद्युत् मिटरबक्स पठाउने गरी काम भइरहेको बताए । कालोतार गाउँपालिकाको सहयोगमा पठाइने हो भने विद्युत् प्राधिकरण, पाल्पा वितरण केन्द्रले मिटरबक्स निःशुल्क सहयोग गर्ने भएको गाउँपालिका अध्यक्ष कार्कीले बताए ।
शुक्रबार विद्युत् चुहिँदा रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवाको खुनधारास्थित २६ वर्षीया दिलकुमारी रास्कोटी पुनको मृत्यु भएको थियो । रास्कोटी मगर तीजमा माइती आएकी थिइन् ।
हावाहुरीसहित गाउँभर विद्युत् चुहिएर करेन्ट लाग्दा रास्कोटी घाइते बनेपछि उपचारका क्रममा तानसेनस्थित युनाइटेड मिसन असपताल तानसेनमा मृत्यु भएको थियो । मृतकका बुबा इमानसिंह पुन र झमानसिंह जोगी कँुवर घाइते भएका थिए । पुनको तानसेनमा उपचार भइरहेको छ ।
स्थानीय बासिन्दा वीरबहादुर नेपालीको एउटा भैँसी मरेको छ । विद्युत् आपूर्तिमा समस्या देखिएपछि तीजका अवसरमा आफन्तसँग कुराकानी गर्न समेत पाएनन् । जुठापौवामा अधिकांश मगर जातिको बस्ती छ । यहाँका मगरले तीज विशेष पर्वका रूपमा मनाउने गरे पनि यस वर्ष विद्युत् चुहिएर मानवीय क्षति हुँदा बस्ती नै पीडामा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडान
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार