बुधबार , असोज १४, २०७७

दीपाश्री निरौला किन भक्कानिईन ? कारण यस्तो छ

दीपाश्री निरौला किन भक्कानिईन ? कारण यस्तो छ

७ भदौ, काठमाडौं । चर्चित हास्यँकलाकार दीपाश्री निरौलाको आज जन्मदिन परेको छ । सामाजिक संजालमा निरौलाको तस्बिरले जन्मदिनमा निकै शुभकामना पाईरहेको छ ।

पछिल्लो समय महानायक विवादमा उनी नमज्जाले फसेकी पनि थिइन् । निकै ठूलो विवादमा फसेकी उनी जन्मदिनको अवसरमा बोलेकी छन् । उनले आफ्नो फेसबुकमा एक भिडियो सार्बजनिक गर्दै भक्कानिईन । उनले उक्त विवादित अन्तरवार्ता सम्झिदै ३ गल्ती आफुले गरेको र जस्लाई स्वीकार पनि गरेको बताईन । जन्मदिनको अवसरमा उनले यस्तो प्रण पनि गरिन ।

‘तितो सत्य’ संगै थारु चलचित्र हुँदै ठुलो पर्दा माझ दीपा परिचित छिन । दीपाश्री हास्यँकलाकार गायिका चलचित्र निर्देशक साथै अभिनेत्री पनि हुन् । हसिलो मुहार, सरल तथा मिजासिलो स्वभाव भएका कारण पनि दीपालाई बच्चा, बयस्क तथा बुढापाकाहरु सबै उमेर समुहले रुचाउँछन ।

तर, यतिका वर्ष बितिसक्दा पनि उनले विवाह भने गरेकी छैनन् । बहुप्रतिभाकी धनी तथा ब्लकबस्टर फिल्म ‘छक्का पञ्जा’ सिरिजकी निर्देशक दीपाश्रीलाई उनका दर्शक तथा शुभचिन्तकहरुले सामाजिक संजालमार्फत शुभकामना दिएका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय