अविरल वर्षाले ओखरेनीका २५ घरपरिवार विस्थापित
नेपालबहस संवाददाता
भदौ ८, २०७७ सोमबार १९:१८:५३
८ भदौ, सल्यान । वागचौर नगरपालिका १२ बाफुखोलामा आएको अविरल वर्षाले ओखरेनी गाउँका २५ घरपरिवार विस्थापित भएका छन् । ओखरेनी गाउँमा पहिराेको उच्च जोखिममा परेपछि स्थानीयवासी विस्थापित भएर देउपुरीमा रहेको दुर्गा सरस्वती माविमा आश्रय लिइरहेका छन् ।
ओखरेनी गाउँमा तीन घर पहिराले बगाएको र गाउँभरिमा सयौ स्थानमा पहिरो गएकाले स्थानीयवासी घर छाडेर विद्यालयमा बसेका छन् । यही भदौ ३ गते आएको वर्षाले पूरै गाउँमा पहिरो गएको छ । अहिले पनि घरभित्रबाटै पानीको मूल फुटेको, घर भासिएको तथा घर वरिपरि पहिरो गएर पुरिने अवस्था भएकाले गाउँले विद्यालयमा बसेको स्थानीयवासी वीरसिंह डाँगीले जानकारी दिए ।
“यस ठाउँमा सय वर्ष पहिले यस्तै खालको पहिरो गएको हो भन्ने सुनेका थियौ, आज आफ्नै आँखाले यस्तो विजोग देख्नुप¥यो”, उनले भने। पहिराेले विस्थापित भएको यतिका दिन बित्दा पनि राहत नपाएको उनीहरुको गुनासो छ । “विस्थापित भएर आएकाहरुसँग न त खाने कुरा छ, न लत्ताकपडा नै ल्याउन पाएका छन् । यस्तो अवस्थामा हामी कसरी बस्नू, अहिलेसम्म कतैबाट केही राहत पाएका छैनौं”, स्थानीयवासी पदम खत्रीले भने ।
वाफुखोलाको ओखरेनीमा पहिराले ठूलो क्षति भएकाले तथ्याङ्क सङ्कलन गर्ने कार्य भइरहेको बागचौर नगरपालिका१२ का वडाध्यक्ष दीपककुमार वलीले बताए । “अहिले वडा कार्यालयमार्फत मुचुल्का तयार गर्ने काम भइरहेको छ र राहतका लागि पहल गरिनेछ”, उनले भने । बाफुखोलामा रहेका करिब ५५० घरधुरीमध्ये अहिले ५० प्रतिशतभन्दा बढी पहिराको उच्च जोखिममा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षा हुने
बैशाख ८, २०८१ शनिबार
स्वास्थ्य मन्त्रालयको चेतावनी - कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्छाै
बैशाख ७, २०८१ शनिबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षा हुने
बैशाख ८, २०८१ शनिबार
चेन्नईमाथि लखनउको सहज जित
बैशाख ८, २०८१ शनिबार
आजको विदेशी मुद्राको विनिमय दर कति ?
बैशाख ८, २०८१ शनिबार
स्वास्थ्य मन्त्रालयको चेतावनी - कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्छाै
बैशाख ७, २०८१ शनिबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार