बीमा शुल्कमा छुट दिन समितिको निर्देशन
नेपालबहस संवाददाता
भदौ ८, २०७७ मंगलबार ०:७:२
८ भदौ, काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले लकडाउनका अवधिमा बन्द भएका उद्योगको बीमा शुल्कमा छुट दिन निर्देशन दिएको छ । समितिले आज निर्जीबन बीमा कम्पनीलाई एक परिपत्रमार्फत उक्त निर्देशन दिएको हो ।
समितिले ‘सम्पत्ति बीमा निर्देशिका २०७५’अनुसार बन्द अवस्थाका कलकारखानाको बीमा दरलाई छुट दिन निर्देशन दिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए।
समितिले लकडाउनका कारण बन्द अवस्थाको जोखिमका लागि एक तिहाइ तथा जोखिम समूहको बीमा दर ५० प्रतिशत समानुपातिक रुपले छुट गर्ने व्यवस्था चालु आवको बजेटमा नै रहेको स्मरण गराएको छ । समितिले चालु आवको बजेटमा भएको व्यवस्था पनि कार्यान्वयन गर्न आग्रह गरेको छ । समितिले त्यस्तो छुट ८३ दिनका लागि कायम हुने स्पष्ट पारेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालिका लघुवित्तले २०७९/०८० लाभांश वितरण नगर्ने
पुष २९, २०८० आइतबार
आईएमएफको मिसन टोली र सीबीफीनबीच भेटघाट
असोज १५, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार