दमौली अस्पतालमा भेन्टिलेटरसहितको आइसोलेशन कक्ष
नेपालबहस संवाददाता
भदौ ८, २०७७ मंगलबार ०:४५:२
८ भदौ, तनहुँ । दमौली अस्पतालमा भेन्टिलेटरसहितको आइसोलेशन कक्ष निर्माणका लागि सङ्घीय सरकारले रु दुई करोड बजेट विनियोजन गरेको छ । कोभिड–१९ का सङ्क्रमित थपिँदै गएका र जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आइसोलेशन कक्ष निर्माण गर्न आवश्यक देखिएपछि सरकारले कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट रु दुई करोड बजेट विनियोजन गरेको हो ।
अस्पतालमा चार भेन्टिलेटरसहितको दश शय्या क्षमताको आइसोलेशन निर्माणका लागि उक्त रकम विनियोजन गरिएको राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले जानकारी दिए । कोभिड–१९ को प्रभावले देशभर सङ्क्रमितको सङ्ख्या बढिरहेकोे अवस्था र तनहुँमा पनि सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले जनताप्रतिको उत्तरदायित्वका कारण आफूहरुले सरकारलाई भेन्टिलेटरको व्यवस्था गर्न आग्रह गरेको न्यौपानेले जानकारी दिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव बद्रीप्रसाद तिवारीले कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको यही भदौ २ गते बसेको बैठकबाट उक्त रकम दमौली अस्पताललाई निकासा गरिएको जानकारी दिए।
दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीका अनुसार अस्पताल व्यवस्थापन समितिका तर्फबाट पनि सङ्घीय सरकारलाई सो विषयमा अनुरोध गरिएको थियो । अस्पतालमा दश शय्याको आइसोलेशन कक्ष निर्माणका लागि ठाउँको व्यवस्थापन गर्न सकिने अधिकारीले जानकारी दिए । अस्पतालमा सघन उपचार कक्ष निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट पनि रु एक करोड ६९ लाख बजेट प्राप्त भएको छ ।
प्रदेश सरकारबाट प्राप्त बजेटबाट सघन उपचार कक्ष निर्माणका लागि आवश्यक सामग्री खरिदका लागि टेण्डर गर्ने अन्तिम तयारी भएको छ । प्रदेश सरकारले पनि पाँच भेन्टिलेटर खरिदका लागि रकम उपलब्ध गराएको छ । अस्पतालले गत वर्ष अक्सिजन प्लाण्ट खरिद गर्न प्रक्रिया शुरु गरे पनि असार अन्तिममा मात्रै आएर प्राविधिकले मूल्याङ्कन गरिदिएका कारण उक्त काम गर्न सकेको थिएन ।
जिल्लास्तरीय अस्पतालमा नै सघन उपचार कक्ष नहुँदा पोखरा, भरतपुर वा काठमाडौँ पुगेर स्वास्थ्य सेवा लिनुपर्दा आर्थिक भारसमेत पर्दै आइरहेको छ । कोरोना शङ्कास्पद बिरामीको उपचारका लागि दमौली अस्पतालको पुरानो भवनलाई आइसियुसहितको उपचार केन्द्र बनाउने गरी पूर्वाधार निर्माणमा जुटिएको अस्पतालले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार