बाँकेमा कोरोना महामारी रोकथाम
नेपालबहस संवाददाता
भदौ ९, २०७७ मंगलबार १३:२५:५४
९ भदौ, नेपालगञ्ज । विश्वमा फैलिएको कोरोना भाइरसको महामारीको प्रभाव मुलुकमा पर्न नदिन बाँकेवासीले सरकारले जारी गरेको सामाजिक नियम पालना गरेको पाइन्छ । “महामारीविरुद्धको यो लडाइँ हाम्रै लागि हो, सबैजना मिलेर यसको पालना गरेर नै यो महामारीलाई परास्त गर्न सकिन्छ”, नेपालगञ्जका प्रतिष्ठित व्यापारी नन्दलाल वैश्यले भने ।
बाँकेलाई अहिले खुकलो पारिएको छ । निषेधाज्ञाको अवस्था पनि छैन । स्थानीय प्रशासनले जारी गरेको पालना गर्नुपर्ने सामाजिक दूरीका नियम बाँकेवासीले पालना गरेको देखिन्छ । यदाकदा कसैले नियम उल्लङ्घन गरेको अवस्थामा जरिवानासहित कारवाहीको दायरामा ल्याउने गरिएको जिल्लास्तरीय कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको भनाइ छ ।
धार्मिक, साम्प्रदायिक र जातीय सद्भावको यो जिल्लाका हिन्दू, मुस्लिम, सिख तथा इसाई धर्मका गुरुहरुसमेत बन्दाबन्दीले अप्ठेरोमा परेका नेपाली जनताको आँसु पुछ्न सहयोगी हात लिएर नेपाली जनताको घरदैलोमा पुग्ने गरेका छन् ।
नेपालगञ्जका मुस्लिम धर्मगुरु मौलाना जब्बार मञ्जरी भन्छन्, “यो कुनै धर्म, जात, समुदायसँग मात्र जोडिएको लडाइँ होइन, यो त मानव सभ्यतामाथिकै प्रहार हो । कोरोना भाइरसलाई परास्त गर्नु नै हाम्रो एक मात्र उद्देश्य बन्नुपर्छ ।”
धर्मगुरु मञ्जरीले भनेजस्तै कोरोना भाइरसका कारण आइपरेको जटिल परिस्थितिमा बाँकेमा सामाजिक सहिष्णुता र सद्भावका साथ अन्तरधार्मिक तथा सामाजिक सद्भाव मञ्चले विभिन्न मानवीय गतिविधिहरु पनि सञ्चालन गरिरहेको छ ।
मञ्चका अध्यक्ष बागेश्वरी मन्दिर नेपालगञ्जका मूल महन्त चन्द्रनाथ योगी, मुस्लिम धर्मगुरु मञ्जरी, सिख धर्मका प्रतिनिधि राजेन्द्र सिंह र इसाई धर्मगुरु बेञ्जामिन श्रेष्ठले कोरोना भाइरसले सिर्जना गरेको जटिल परिस्थितिमा सामाजिक र धार्मिक सद्भावका लागि सधैँ क्रियाशील भएर काम गर्ने प्रतिबद्धता जनाउनु मात्र भएको छैन आआप्mनो समुदायमा सचेतनाका अभियान नै शुरु गरेका हुन् ।
बाँकेमा कोरोनाको प्रवेशलाई निस्तेज पार्न यहाँका प्रहरीहरुको कर्म पनि उदाहरणीय बनेको छ । दैनिक १२ घण्टा कर्म क्षेत्रमा खटिने प्रहरीले कोरोना भाइरसविरुद्धको लडाइँमा आफूलाई एकपाइला भए पनि अगाडि राखेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना भन्छन् “मुलुक र मुलुकवासीको सुरक्षा नै नेपाल प्रहरीको पहिलो प्राथमिकता हो ।” उनका अनुसार बाँकेमा एक हजारभन्दा बढी प्रहरी र त्यही अनुपातमा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
बाँकेका नागरिक अभियानकर्मी, अधिकारकर्मी, पत्रकार, स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन, चिकित्सक, स्वास्थ्यकर्मी, राजनीतिक दलका कार्यकर्ताहरु पनि कोरोनाविरुद्धको लडाइँमा कम्मर कसेरै लागेको पाइन्छ । प्रजिअ कुरुम्वाङ भन्छन्, “सरकारको एक्लो प्रयास मात्र पर्याप्त हुँदैन, सामूहिक मोर्चाबाटै कोरोना भाइरसविरुद्धको लडाइँ जित्न सकिने भएकाले सबैलाई सँगै लिएर हिँड्नै पर्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
बेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु
बैशाख ३, २०८१ सोमबार
नगर अस्पतालमा अब चौबीसै घण्टा डाक्टर सेवा उपलब्ध
चैत २७, २०८० मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार