मेस्सी भन्छन्, ‘म बार्सिलोना छाड्न ईच्छुक छु ‘
नेपालबहस संवाददाता
भदौ १०, २०७७ बुधबार १३:२५:१७
१० भदौ, एजेन्सी । लियोनल मेस्सीले पुन बार्सिलोना छाड्न चाहेको कुरा दोहो¥याएका छन् । स्पेनिस पत्रिका मार्काका अनुसार मेस्सीले बार्सिलोनाका पदाधिकारीसंग भेट गरि आफु क्लब छाड्न ईच्छुक रहेको उल्लेख गर्दै मार्ग प्रशस्त गरिदिन अनुरोध गरेका छन् ।
अर्जेन्टिनी फरवार्ड नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको नेतृत्वमा बार्सिनोलामा खेल्न अनिच्छुक देखिएका छन् । च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा बायर्न म्युनिखसंग ८-२ गोल अन्तरले पराजित भएपछि मेस्सीले क्लब छाड्ने मनसाय बनाएका थिए ।
बार्सिलोनासंग ३३ बर्षिया फरवार्डको सम्झौता मात्र एक बर्ष बाँकी छ । तर मेस्सीले एक बर्ष बाँकी छँदै क्लब छाड्न चाहेको प्रष्ट पारेका छन् । मेस्सीको पछिल्लो अवस्थाबारे म्यान्चेष्टर सिटीले अनुगमन गरिरहेको छ । सिरि ए क्लब ईन्टर मिलान र फ्रान्सेली क्लब पीएसजी समेत मेस्सी अनुबन्धनमा निकै ईच्छुक छ ।
क्विक सेटिनलाई बर्खास्त गरे लगत्तै बार्सिलोनाको प्रशिक्षक बनेको कोम्यानलाई मेस्सीले भोलिपल्टै गएर भेटेका थिए ।मेस्सीले पुन आफ्नो क्लब छाड्ने योजना रहेको सुनाउँदै नयाँ चुनौतीको खोजी गरिरहेको बताएका थिए ।
मेस्सीले पुन बार्सिलोनाका नयाँ प्रशिक्षक र पदाधिकारीसंग भेटेर क्लब छाड्न चाहेको दोहो¥याएका हुन् । उनले आफुलाई बार्सिलोनाको योजनाबाट बाहिर राख्न प्रशिक्षकलाई सुझाव दिएका छन् । मेस्सीले क्लबका पदाधिकारीलाई भेटेर आफ्नो २० बर्षको बार्सिलोनाको करियरलाई अन्त्य गर्ने चाहना राखेका हुन् ।
मेस्सीलाई अनुबन्धन गर्न युरोपका ठुलो क्लबले ईच्छा देखाएका छन् । तर उनीमाथि क्लबले राखेको रिलिज क्लजले अर्जेन्टिनी फरवार्डलाई यस समर ट्रान्सफरमा बार्सिलोना छाड्न समस्या पर्न सक्ने आँकलन गरिएको छ ।
नयाँ प्रशिक्षक कोम्यानले समेत आफ्नो नयाँ योजनाका बिषयमा मेस्सीलाई सहमत गराउन असफल रहे । बार्सिलोनका अध्यक्ष जोसेप मारिया बर्टोमेउले यसअघि मेस्सीले आफ्नो खेल करियर क्याटलान क्लबमै अन्त्य गर्ने बताएका थिए ।
बर्टोमेउले आगामी मार्चमा क्लबको नेतृत्वका लागि पुन निर्वाचन लड्दैछन् । उनी पुन अध्यक्षमा चुनिन चाहन्छन् । मेस्सीको बहिर्गमनले उनको नेतृत्वलाई अफठ्यारो पर्न सक्ने अनुमान गरिएको छ ।
मेस्सी बार्सिलोना छाडेको खण्डमा केही थोरै क्लबले मात्र उनलाई तलब दिन सक्नेछन् । जसमा ईन्टर, पीएसजी र म्यान्चेष्टर सिटीले मेस्सी अनुबन्धनमा निकै जोड गरिरहेका छन् । अमेरिकन मेजर लिग सकर वा चाईनिज सुपर लिग समेत मेस्सीको नयाँ गन्तव्य बन्न सक्ने लख काटिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
बैशाख १२, २०८१ बुधबार
वेस्ट इन्डिज 'ए' टिमको लगेज लोड गरेको गाडीको तस्बिर बन्यो भाइरल, क्यानको तीव्र आलोचना !
बैशाख १२, २०८१ बुधबार
राष्ट्रिय महिला भलिबल खेलाडी चन्दलाई ५० हजार नगदसहित सम्मान
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार