सोमबार , असोज १२, २०७७

कमजोर जीवन बीमा कम्पनीमा दर्ज भयो सानिमा लाइफ इन्स्योरेन्स, जम्मा ८३ करोडको व्यापार

कमजोर जीवन बीमा कम्पनीमा दर्ज भयो सानिमा लाइफ इन्स्योरेन्स, जम्मा ८३ करोडको व्यापार

११ भदौ, काठमाडौं । सानिमा बैंककै भगिनी संस्थाको रुपमा उदाएको सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक बर्षमा लक्ष्य अनुरुप खुद बीमा शुल्क आर्जन गर्न नसकी सबैभन्दा कमजोर जीवन बीमा कम्पनीका रुपमा आफुलाई उभ्याएको छ । जीवा लामिछानेसहितका गैह्रआवासीय नेपालीहरुद्धारा सञ्चालित यो जीवन बीमा कम्पनीको अध्यक्षमा भने पूर्व डीआईजी कुमार कोइराला रहेका छन् ।

लामो समयदेखि सीईओ समेत भेट्टाउन नसकी निमित्तका भरमा संचालन हुँदै आएको सानिमा लाइफले आर्थिक वर्ष ०७६/७७ मा सबै भन्दा थोरै व्यापार गरेर सानिमा लाईफ इन्स्योरेन्स गत आर्थिक वर्षमा सबै भन्दा कमजोर जीवन बीमा कम्पनी बनेको छ । सानिमा लाईफ इन्स्योरेन्सले ८३ करोड ८७ लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने ८२ करोड ९३ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । यो बीमा शुल्क गत वर्ष जीवन बीमा कम्पनीहरुले आर्जन गरेको बीमा शुल्क मध्येकै कम बीमा शुल्क आर्जन हो ।

सानिमा लाईफ भन्दा धेरै पछि संचालनमा आएका जीवन बीमा कम्पनीले पनि यो वर्ष सानिमा लाईफको भन्दा धेरै व्यापार गर्न सफल भएका छन् । यसरी गत आर्थिक वर्षमा सानिमा लाईफ इन्स्योरेन्सका लागि राम्रो वर्ष नभएको देखिन्छ । तर महाप्रबन्धक शिवराम तिमिल्सिनाले भने खुद बीमा शुल्क आर्जनलाई मात्र नहेरी ओभरअलमा हेर्नुपर्ने दावी गरे । समग्र वित्तीय परिसुचकहरु केलाउनु भयो भने हामी अरु जीवन बीमा कम्पनी भन्दा कम नरहेको तर्फ संकेत गर्दै उनले मुनाफा र अन्य सन्दर्भमा सानिमा लाइफ बलियो रहेको बताए ।

बिक्रीको लेभल भन्दा पनि कम्पनीले कति मुनाफा दियो भन्ने कुराले माने राख्ने दावी गर्दै महाप्रबन्धक तिमिल्सिनाले स्ट्रेन्थ हेर्नुपर्ने बताए । सानिमा लाइफले बीमा सम्बन्धि धेरै योजना र प्रोडक्टहरु जारी गर्ने तयारी गरिरहेको जानकारी दिँदै अरु पारामिटरहरु हेरेर विश्लेषण गर्न अनुरोध गरेका छन् ।

सानिमा लाईफले गत वर्ष राम्रो व्यापार गर्न नसकेको मुख्य कारण भनेको अभिकर्ताको मन जित्न नसक्नु रहेकाे जानकारहरू बताँउछन । कम्पनी नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्तिको प्रक्रियामा रहेको तर नयाँ आउने प्रमुख कार्यकारी अधिकृतलाई भने सोचे जस्तो सजिलो बाटो देखिएको छैन । अन्य कम्पनीले आफ्नो पकड धेरै नै जमाएको कारणले गर्दा पनि नयाँ आउने प्रमुख कार्यकारी अधिकृतलाई त्यति सजिलो भने छैन ।

गत आर्थिक वर्ष सानिमा लाईफ इन्स्योरेन्स भन्दा माथि व्यापार गर्ने जीवन बीमा कम्पनीले ८६ करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने ८५ करोड खुद बीमा शुल्क आर्जन गरेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

जसले १२ वर्षीया सम्झनालाई बलात्कार गरेपछि ढुंगाले मुखमा हानेर हत्या गरे ! जसले १२ वर्षीया सम्झनालाई बलात्कार गरेपछि ढुंगाले मुखमा हानेर हत्या गरे ! ११ घण्टा पहिले
बजार प्रतिरोध क्षेत्रमा कायमै, प्राविधिक बिश्लेषणले के देखायो ? बजार प्रतिरोध क्षेत्रमा कायमै, प्राविधिक बिश्लेषणले के देखायो ? ९ घण्टा पहिले
भत्केको सिंचाई नहर पुर्ननिर्माणमा जुटे चापाकोट नगरका प्रमुख गिरि भत्केको सिंचाई नहर पुर्ननिर्माणमा जुटे चापाकोट नगरका प्रमुख गिरि ५ घण्टा पहिले
आईपीएल २०२० मा सर्वाधिक छक्का हान्ने १० व्याट्सम्यान, धोनी र कोहली आउट ! आईपीएल २०२० मा सर्वाधिक छक्का हान्ने १० व्याट्सम्यान, धोनी र कोहली आउट ! ६ घण्टा पहिले
विश्व पर्यटन दिवसका अवसरमा डुङ्गामा सरर … विश्व पर्यटन दिवसका अवसरमा डुङ्गामा सरर … ५ घण्टा पहिले
सनराइज बैंकमा क्युआर कोड स्क्यान गरि १० लाखसम्म झिक्न मिल्ने सनराइज बैंकमा क्युआर कोड स्क्यान गरि १० लाखसम्म झिक्न मिल्ने ५ घण्टा पहिले
बसको ठक्करबाट स्कुटरमा चढेका श्रीमान, श्रीमति र छोराको मृत्यु बसको ठक्करबाट स्कुटरमा चढेका श्रीमान, श्रीमति र छोराको मृत्यु ६ घण्टा पहिले
टस हारेर व्याटिङ थालेको पञ्जाबको शानदार शुरुवात टस हारेर व्याटिङ थालेको पञ्जाबको शानदार शुरुवात ५ घण्टा पहिले