ट्रम्पको चेतावनीपछि टिकटकका सीईओले दिए राजीनामा
नेपालबहस संवाददाता
भदौ ११, २०७७ बिहिबार १९:२३:४०
११ भदौ, एजेन्सी । पछिल्लो समय निकै लोकप्रिय बनेको टिकटकका प्रमख कार्यकारी अधिकृत सिइओ केभिन मयेरले तीन महिनामै राजीनामा दिएका छन् । पछिल्ला साताहरूमा देखिएको तीव्र राजनीतिक परिवर्तनका कारण उनले राजीनामा दिएका हुन् । टिकटक यसअघि भारतमा प्रतिबन्ध लगाइएको थियो भने हालै अमेरिकामा पनि बन्द गर्ने चर्चा छ ।
मयेर डिज्नी छोडेर गत जुन १ देखि टिकटकको सिइओ बनेका थिए। चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटक पछिल्लो समय संसारभर युवा पुस्तामा लोकप्रिय भएको छ। अमेरिका पनि यसको लोकप्रियता बढ्दो छ। लोकप्रियता बढेसँगै टिकटक अमेरिका र चीनबीचको राजनीतिक मुद्दा बनेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकले प्रयोगकर्ताहरूका विवरण बेइजिङको सरकारलाई बुझाउने दाबी गर्दै यो अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि खतरा भएको बताएका छन्।
उनले अमेरिकी कम्पनीहरूलाई टिकटकसँग कारोबार नगर्न ४५ दिने अल्टिमेटम दिएर कार्यकारी आदेशमा हस्ताक्षरसमेत गरिसकेका छन्। टिकटकले ९० दिनभित्र अमेरिकी कम्पनीलाई स्वामित्व हस्तान्तरण नगरे प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुरोपियन युनियनले दियो गुगल, एप्पल र मेटालाई जरिवाना गराउने चेतावनी
चैत १३, २०८० मंगलबार
फ्रान्सले गुगललाई २५० मिलियन युरो जरिवाना तिराउने
चैत ८, २०८० बिहिबार
अब गुनगुनाएको भरमा युट्युबमा म्युजिक खोज्न सकिने
चैत ७, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार