शनिबार , कार्तिक १५, २०७७

दम रोगीलाई बर्षामा खतरा, कोरोना संक्रमण झन बढी

दम रोगीलाई बर्षामा खतरा, कोरोना संक्रमण झन बढी

११ भदौ, काठमाडौं । गर्मी भइरहेको बेला मनसुनसँगै चिसो हावा अक्सर धेरैको लागि प्रिय तथा आनन्दित हुन्छ । तर सबैका लागि होइन । दम र श्वास प्रश्वास सम्बन्धी समस्या भएकाहरुलाई भने वर्षाको मौसममा तापक्रम घट्ने र वातावरण ओसिलो हुने भएकाले थप स्वास्थ्य समस्या देखिन सक्छ । सावधानी अपनाएमा दम तथा श्वास प्रश्वासको समस्या भएकाहरुले पनि वर्षाको आनन्द महसुस गर्न सक्दछन् ।

झरी परिरहने भएकाले घरका भित्ताहरुमा ओस आउन सक्छ जसले अदृश्य रुपमा स्वास्थ्यमा असर गरिरहेको हुन्छ । विशेषगरि छातीरोगको समस्या भएका, श्वास-प्रश्वास र दमका बिरामीहरुलाई धेरै समस्या देखिनुमा झरी पर्दै घामलाग्दा हावामा धुँलो उड्छ जसले एलर्जी गराउँछ ।

यस्तै वर्षायाममा हावामा परागकणको उपस्थिति बढ्दछ जसले दमका बिरामीलाई थप समस्या निम्तिन्छ । अध्ययनहरुका अनुसार दमका बिरामीहरुले आफू सुत्ने कोठामा बोटबिरुवा राखे हावाका परागकणलाई आद्रता मार्फत हटाउँछ ।

वर्षायाममा हावामा भएका प्रदूषित कणहरु माथि–माथि उड्नाले अन्य बेलामा भन्दा यो समयमा श्वास-प्रश्वासमा बिरामीलाई गाह्रो हुने चिकित्सकहरु बताउँछन् । वर्षाका कारण बाढीभेल आउनसक्छ जसले विभिन्न स्थानमा माटो बालुवा थुपार्छ र अलि सुख्खा हुनेबित्तिकै वातावरणमा धुलो उड्ने र त्यो सास फेर्दा फोक्सोमा जाने भएकाले जो कोहीलाई श्वास प्रश्वासको समस्या देखिने हुन्छ ।

दमका बिरामीहरुलाई कोभिडको जोखिम उत्तिकै रहेकाले अत्यावश्यक नपरी बाहिर ननिस्कन डाक्टरको सुझाव छ । कोरोनाका अलावा यो समयमा अरु थुप्रै भाइरसहरु सक्रिय हुन्छन् जसले तुरुन्तै रुघाखोकी लाग्नुका साथै एलर्जी हुनसक्छ र यसले थप समस्या ल्याउन सक्छ बमले सचेत गराउँदै नियमित औषधि खाई घरमा नै खानपानमा ध्यान दिई बस्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय