वास्तविक पत्रकारले रिक्स लिने, छद्मभेषी पत्रकार जिस्कने ?
नेपालबहस संवाददाता
भदौ ११, २०७७ बिहिबार २३:३:१९
♦ मधु लम्साल
कोभिड-१९ को महामारी नियन्त्रणका नाममा राज्यले झण्डै ४ महिना मुलुकमा लकडाउन, त्यसपछिको १ महिना जोरविजोर र अहिले फेरी दुईतिहाई जिल्ला जहाँ महामारीको संक्रमण फैलिएको अवस्था छ, ती जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । तर, लकडाउन के थियो, निषेधाज्ञा के हो ? जोरविजोर के का लागि ? राज्यले लगाएको त्यो नियम केही व्यक्ति विशेषका लागि भने हस्यास्पद देखिएको छ । खासगरी राज्यको चौंथो अंग मानिएको सञ्चार जगतको नाममा ।
पत्रकार अर्थात् सञ्चारकर्मीको भूमिका जस्तोसुकै बेलामा गहन हुन्छ, महत्वपूर्ण हुन्छ, चूनौतिपूर्ण हुन्छ, जोखिमयुक्त पनि हुन्छ । सायद, पत्रकारिता पेशा मात्र त्यस्तो पेशा हो, जो सम्वन्धित व्यक्ति वा संस्थाले रिक्स लिएर अरु सबैको जानकारीका लागि गरिन्छ, गराइन्छ । त्यस्तो जिम्मेवार एवम् महत्वपूर्ण पेशाकर्मीका नाममा यसरी केही व्यक्ति विशेषले आफूलाई सञ्चारकर्मीका रुपमा प्रस्तुत गरेर विशेष अवस्थामा राज्यद्धारा जारी नियमको उल्लंघन गर्नुलाई भने कुनै पनि सम्वन्धित पक्षले ध्यान दिएको पाइँदैन ।
प्रसंग हो, चाहे कफुर्य होस्, चाहे निषेधित क्षेत्र होस्, चाहे सहजै प्रवेश गर्न वा अनुमति लिएर मात्र आवतजावत वा प्रवेश गर्न पाइने स्थान किन नहोस्, पत्रकार अर्थात् प्रेस भनेपछि त्यहाँ सहजै प्रवेश वा आवतजावत गर्न पाइने विशेष अवस्था रहेको छ । त्यसका लागि राज्यलाई अर्थात् राज्यद्धारा परिचालित सुरक्षाकर्मी वा अन्य संवन्धित पक्षलाई एक सञ्चारकर्मीको हैसियतले धन्यवाद नदिइरहन मिल्दैन ।
यतिबेला राजधानी लगायतका पचास बढी जिल्लामा स्थानीय निकायको समेत सिफारिसमा स्थानिय प्रशासनद्धारा निषेधाज्ञा लागू गरिएको अवस्था छ । बाहिरी जिल्लाको जानकारी भएन तर, राजधानीमा प्रेस लेखिएको ज्याकेट पहिरिएर वा घाँटीमा पत्रकार परिचय पत्र झुण्ड्याएर सवारी साधनमा हुइँकनेहरु ब्रगेल्ती देखिन्छन् । तर, त्यही भीडमा वास्तविक रिपोटिङ गर्ने सञ्चारकर्मीको संख्या भने न्यून देखिन्छ । अर्थात्, कहिल्यै कुनै पनि पत्रकार सम्मेलनमा होस् वा पत्रकारहरु भेटिने वा उपलब्ध हुने स्थानमा नदेखिने अनुहार नै त्यसरी आफ्ना सवारी साधनमा प्रेस टाँसेर वा घाँटीमा पत्रकार परिचय पत्र झुण्ड्याएर हिँड्नेहरु बढी छन् । तर, दुनियाँका कमजोरी खोज्ने, बदमासीलाई उजागर गर्ने सञ्चारकर्मी स्वयम्को भने त्यस्ता आफ्नै पेशामाथि धमिलो भइरहेको वातावरणतर्फ ध्यान गएको पाइँदैन ।
मंगलबार ललितपुर प्रहरीले वास्तविक पत्रकार हो होइन ? चेकजाँच थालेको समाचार अनलाइनमा हेर्दा मनमा केही सकरात्मक खुलदुली लाग्यो । तर, विचरा ! प्रहरीले पनि कसरी छुट्याओस, उक्त व्यक्ति वास्तविक पत्रकार हो वा होइन ? कोरोना संक्रमणको सम्भावित अवस्थालाई ख्याल गरेर नजिक जान पनि नमिल्ने, पत्रकारको परिचय पत्र नियालेर हेर्न पनि कठिनाईको अवस्था ।
यस्तो कार्य ललितपुर प्रहरीले मात्र होइन, चेकजाँचका लागि खटिएका सबैको जिम्मेवारी भित्र पर्दछ । सर्वप्रथम, उ पत्रकार हो वा होइन, त्यो छुट्याउन सक्नु पर्ने हुन्छ । प्रेस लेखिएको ज्याकेट लगाएकै भरमा पत्रकार नठानेर परिचयपत्र देखाउन लगाउने अनि उक्त परिचय पत्र सही हो वा होइन छुट्याउन कार्यालय कहाँ ? को सम्पादक ? कहिले छापिने पत्रिका, एफएम रेडियो, टेलिभिजन वा अनलाइन हो ? कार्यालय कहाँ छ ? दुई-चार प्रश्न सोधिदिने हो भने नक्कली पत्रकार त्यही छट्पटाउन थाल्छ ।
अनि, दुई-चार वर्ष पत्रकारको संगत गरेकै भरमा पास बोकेर हिँड्ने स्वनामधारी पत्रकार पनि मुलुकमा ब्रगेल्छी छँदैछन् । उनीहरुको जारी गरिएको पासको अवधि के-कस्तो छ, त्यो पनि हेर्न सकिन्छ । सबैभन्दा त अर्काको पास लिएर हिँड्नेहरुको पनि कमी छैन, उनीहरुसँग पत्रकार परिचय पत्र सँगसँगै सवारी चालक अनुमतिपत्र हेरेको खण्डमा त्यस्ता चतुर व्यक्ति पनि प्रहरी चेकिङबाट उम्कन सक्ने छैनन् । आफूखुशी घरायसी प्रेसपास बनाउने कार्य समेत भइरहेकाले त्यस्ता पासवालालाई पनि निरुत्साहित गर्न चेकजाँचमा कडाइँ जरुरी देखिन्छ ।
बन्दाबन्दीको अवस्था लागू भएदेखि नै कतिपय ठूला सञ्चारगृहले अति आवश्यक पत्रकारलाई बाहेक अन्य कर्मचारीका हकमा “वर्क एट होम”को नियम लागू गराएको अवस्था छ । कतिपय साना लगानीका अखबार लकडाउन सँगसँगै प्रकाशन स्थगितको अवस्थामा पुगेका छन् । यसैलाई आधार मान्दा पनि सडकमा देखिने सञ्चारकर्मीको संख्या न्यून हुनु पर्ने हो । तर, सञ्चारकर्मीलाई उपलब्ध विशेष सुविधाको दुरुपयोग गर्दै मेला भर्न हिँडेको भीडजस्तो सञ्चारकर्मीको छद्मभेषमा देखिनेहरुमाथि कारवाही हुनै पर्ने अवस्था छ । वास्तविक पत्रकारले रिक्स लिने, छद्मभेषी पत्रकार जिस्कने अवस्था नहोस् भन्नेतर्फ पनि सम्वन्धित पक्षको ध्यान जानै पर्ने देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
प्रिमियम लिगका दुइ खेलाडीमाथि बलात्कारको आरोप
बैशाख १३, २०८१ बिहिबार
अमेरिकाले युक्रेनलाई गोप्य रुपमा दिएका लामो दुरीको मिसाइलको प्रयोग
बैशाख १३, २०८१ बिहिबार
डढेलोले खोटाङमा तेह्र घर खरानी
बैशाख १३, २०८१ बिहिबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधारः विष्णु पौडेल
बैशाख १३, २०८१ बिहिबार