झापा गोली काण्ड : एक्काईस घण्टा बित्दा पनि शव उठेन
नेपालबहस संवाददाता
भदौ ११, २०७७ बिहिबार २३:५०:४४
११ भदौ, झापा । झापा गाउँपालिका–३ कामाटोलीमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका रफिकुल आलमको २१ घण्टा बित्दासमेत शव उठ्न सकेको छैन । उनको शव विर्तामोडस्थित वीएण्डसी हस्पिटलमै रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।
बुधबार गोरु काटेको आरोपमा पक्राउ परेका सोही वडाका ५२ वर्षीय अबदुल सलाम र ५० वर्षीय ताजबुल हकलाई जिप्रका ल्याउने क्रममा स्थानीयवासीसँग दोहोरो झडप हुँदा प्रहरीले चलाएको गोली लागेर उनी घाइते भएका थिए ।
घाइते आलामको उपचारकै क्रममा वीएण्डसी हस्पिटलमा बुधबार राति ७ः४० बजे मृत्यु भएको थियो । घटनालाई सामान्य बनाउन प्रहरीले गाउँपालिका अध्यक्ष जयनारायण साह र उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीको रोहबरमा उनीहरुलाई छाडिदिएको थियो ।
स्थानीय मुश्लिम समुदायले मृतकलाई शहीद घोषणा गर्नुपर्ने, परिवारलाई शिक्षासहित रोजगारको व्यवस्था गर्नुपर्नेलगायत १० बुँदे माग राख्दै मृतकको शव उठाउन नमानेको सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डले बताए ।
स्थानीय जनप्रतिनिधि, मृतकको परिवार, राजनीतिक दल, सामाजिक अगुवासहितको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा सहमतिका लागि छलफल भइरहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार