पहिरो पिडितका लागि आश्रयस्थल
नेपालबहस संवाददाता
भदौ १२, २०७७ शुक्रबार १५:५०:१
१२ भदौ, म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङका पहिरो पिडितको लागि युवा र विद्यार्थीले श्रमशिविर सञ्चालन गरेर आश्रयस्थल बनाएका छन् । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ सम्बद्ध राष्ट्रिय युवा सङ्घ र अनेरास्ववीयू म्याग्दीको टोलीले युवा र विद्यार्थी परिचालन गरेर आश्रयस्थल बनाएका हुन् । ६३ परिवारका लागि ५१ वटा जस्तापाटाले छाएको टहरा बनाएको राष्ट्रिय युवा सङ्घका नेता शिशिर शाहीले जानकारी दिए ।
गाउँपालिकाले जस्तापाटा खरिद गरेको थियो । राष्ट्रिय युवा सङ्घ म्याग्दीका संयोजक प्रवीन शाही र अनेरास्वबीयूका संयोजक सुवास विश्वकर्मा नेतृत्वको टोलीले टहरा छाउन श्रमदान गरेका थिए । पहिरोबाट घरबास गुमाएका र जोखिममा परेकाहरुको अस्थायी बसोबासका लागि गत साउनमा ४० जना युवा, विद्यार्थी नेतासहित स्थानीय युवाले पाँच दिन श्रमशिविर चलाएर ५१ वटा टहरा बनाएका थिए ।
सो टहरा छाएर पूर्णता दिन बुधबार र बिहीबार २० जनाले श्रमदान गरेका थिए । यसअघि टहरा बनाउनका लागि बाँस र काठ सङ्कलन गर्ने तथा व्यवस्थापनको काम गरेका थिए ।
बेशीमा ११, ठूलोगाउँमा ८, राम्चेमा १५ र कुम्रिमा १७ वटा टहरा बनाएका छन् । घण्टीवाङ र रिखका पहिरो पिडित बसेको आरवाङको जनविकास आधारभूत विद्यालयमा दुई वटा अस्थायी शौचालय र सेफ्टी ट्याङ्की बनाएका छन् ।
मराङको कल्लेनी, राम्चे, ठूलोगाउँ, कुम्रि र रिखमा पहिरोमा परी १९ जनाको मृत्यु भएको थियो । दुई जना अझै बेपत्ता छन् । पहिरोले १७ घरमा पूर्ण, १५ घरमा आंशिक क्षति र ७८ घर उच्च जोखिममा भएका वडा अध्यक्ष राजाराम सुवेदीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार