मोरङमा खुकुरी प्रहारबाट एकको मृत्यु, चार घाइते
नेपालबहस संवाददाता
भदौ १२, २०७७ शनिबार ०:२४:१४
१२ भदौ, मोरङ । मोरङको बेलबारी नगरपालिकामा दुई पक्षबीच आज भीडन्त हुंँदा एक जनाको मृत्यु हुनाका साथै चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आज अपराह्न १ बजे बेलबारी –५ कसेनी लोहन्द्रा पुलमा सोही स्थान बस्ने ३२ वर्षीय जितेन चौधरी, २५ वर्षीय दिनेश श्रेष्ठ र ३२ वर्षीय सन्तोष मगर तथा सोही स्थान बस्ने ४२ वर्षीय सईकुमार राई, ३५ वर्षीय समुद्र राई र १६ वर्षीय गौरव राईलगायतबीच सामान्य वादविवाद हुँदा खुकुरी प्रहारबाट घाइते भएका ४० वर्षीय चन्द्रकुमार राईको उपचारका क्रममा मृत्यु भएको छ ।
खुकुरी प्रहारबाट घाइते उनको विराट शिक्षण अस्पताल बूढीगङ्गामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।
घाइते सईकुमार, समुद्र र गौरव राईको सोही अस्पतालमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने समूहका जितेनसमेत घाइते भएकामा विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । झगडामा संलग्न अन्य तीन जना फरार रहेकामा खोजतलास भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार